काठमाडौं महानगरद्वारा विदेशबाट आएका १ सय १७ जनाको विवरण संकलन | Khabarhub Khabarhub

काठमाडौं महानगरद्वारा विदेशबाट आएका १ सय १७ जनाको विवरण संकलन


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले विदेशबाट आएकाहरुको विवरण संकलन थालेको छ ।

महानगरपालिकाले १ मार्च २०२० (२०७६ फागुन १८) पछि विदेश भ्रमण गरी महानगरपालिकामा वसोवास गर्दै आएकाहरुको विवरण संकलन गरेको हो ।

विदेशबाट फर्केका नेपालीहरू सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारका सदस्यलाई संक्रमण फैलिन सक्ने भन्दै महानगरले विदेश भ्रमण गरी महानगरपालिका भित्र बसोबास गर्नेको विवरण संकलन सुरु गरेको हो ।

आइतबारसम्म काठमाडौँ महानगरपालिकाले १ सय १७ जनाको विवरण संकलन गरेको जानकारी दिएको छ । विदेशबाट फर्कनेहरू, अझ भारतबाट आएका नेपाली नागरिकहरू १४ दिनसम्म अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नै पर्ने नियमलाई पालना गर्नका लागि महानगरपालिकाले विवरण संकलनको कामलाई तिव्र रुपमा अघि बढाएको जानकारी दिएको छ ।

‘हामीले पहिलो चरणमा ३२ वटै वडासम्म पुगेर पछिल्लो एक महिनामा विदेश भ्रमण गरी महानगरमा बसोवास गर्दै आएका नागरिकको विवरण संकलन गर्ने, उनीहरुको अवस्था बुझ्ने र आवश्यकता अनुसार नमुना परीक्षणका लागि स्वाब संकलन समेत गर्ने तयारी गरेको छौँ,’ महानगर प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘उपत्यका नगरपालिका फोरमको आजको बैठकले पनि यसरी विदेश भ्रमण गरी उपत्यका भित्रै वसोवास गर्नेहरुको विवरण संकलन गरी नमुना परीक्षणका लागि स्वाब संकलन गर्ने कामलाई तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ । विभिन्न सरोकारवाला निकायहरुसँगको सहकार्यमा त्यसो गरियो भने उनीहरुलाई पनि ढुक्क हुन्छ, परिवार, छरछिमेक र समाजलाई पनि ढुक्क हुन्छ । त्यसैले हामीले विदेश भ्रमण गरी आएकाहरुको विवरण संकलन शुरु गरेका हौँ ।’

आइतबारसम्म विवरण संकलन गरेका १ सय १७ मध्ये सबै भन्दा बढी दुबईबाट फर्किएका छन् । त्यसैगरी कतार,फ्रान्स, अष्ट्रेलिया, बेल्जियम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारतलगायतका देशको भ्रमण गरी आएकाहरु रहेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालकले अहिलेसम्म १ सय १७ जनाको विवरण संकलन भएको जानकारी दिए । ती मध्ये ५३ जनाको पूर्ण विवरण नै केन्द्रलाई प्राप्त भएको उनले बताउनुभयो ।

उनका अहिलेसम्म वडा नम्बर–१ बाट ३, वडा २ बाट ३, त्यसैगरी वडा–६ बाट ११, वडा–७ बाट ४ जनाको विवरण केन्द्रलाई प्राप्त भएको छ ।

त्यसैगरी वडा–९ बाट ३, वडा–१४ बाट ५ र वडा–१८ बाट २ जनाको विवरण संकलन भएको छ । वडा–१९ बाट ४, वडा–२१ बाट ६ र वडा–२२ बाट एक जनाको विवरण संकलन भएको पनि ढकालले जानकारी दिए ।

वडा–३१ मा ११ जनाको विवरण संकलन भएको छ । यसरी विवरण संकलन गरेका मध्य कतिपय सेल्फ क्वारेन्टाइनमा बसेका छन् भने कतिको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ४८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द