कोरोना भाइरबारे जानकारी दिन प्रहरी बने भूत | Khabarhub Khabarhub

कोरोना भाइरबारे जानकारी दिन प्रहरी बने भूत


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न विश्व स्वास्थ्य संगठनले अपील गरेको छ । विभिन्न देशरुले लकडाउन समेत गरेका छन् । मानिसहरुलाई घर भित्रै बस्न आह्वान गरिएको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण फैलिरहेको छ । २१ दिन लामो लकडाउन लगाइएको भएपनि मानिसहरु सडकमा निस्किइरहेका छन् । मानिसहरु लकडाउनको समयमा पनि बाहिर निस्किएपछि प्रहरीले उनीहरुलाई रोकन विभिन्न उपाय अपनाइरहेको छ ।

बाहिर निस्कने मानिसलाई कहिले प्रहरीले लड्डी प्रहार गरिरहेको भिडियो सार्वजनिक हुन्छ त कहिले माइकिङ गरिरहेको छ ।

पछिल्ला पटक एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा भूतको आकृति भएका कपडाहरु लगाएका प्रहरीहरुले मानिसहरुलाई बाहिर ननिस्किन भन्दै चेतावनी दिइरहेका छन् ।

 

विशेषगरि बालबालिका माथि त्यसको प्रभाव पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको इन्दौरस्थित विजयनगर प्रहरीले भूतको आकृतिका कपडा लगाएर मानिसमा कोराना बारेको जनचेता जगाइ रहेको भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १ : १० बजे

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल