दिपावली गरेर कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यवद्धता | Khabarhub Khabarhub

दिपावली गरेर कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यवद्धता


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणकाे जोखिम रोक्न नेपालमा आइतबार राति दिपावली गरिएको छ ।

कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यवद्धता जनाउन नेपालका प्रमुख शहरहरु आइतबार राति ९ बजे देखि ९ मिनेट सम्म बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालिएको हो ।

नेपालसँगै भारतमा पनि दिपावली गरिएको छ । सर्वसाधारणले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा ऐक्यवद्धता जनाउँदै दिपावली गरेका हुन् ।

कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका बत्ती निभाएर दिप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए। त्यसै क्रममा नेपालमा पनि दिप प्रज्वलन गरिएको हो ।

मोदीको सोही अपिलप्रति समर्थन जनाउँदै नेपालसहित भारतभर ९ बजे देखि ९ मिनेट सम्म बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको हो।

प्रधानमन्त्री मोदीले यसकार्यबाट मानिसहरुमा जनचेतना फैलने र लकडाउनका कारण घरमा बसिरहेका मानिसहरुलाई एक्लोपन महशुस नहुने बताएका थिए।

यसैबीच, प्रधानमन्त्री माेदीले दिल्लीस्थित आफ्नाे निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिए ।

भारतमा यतिबेला २१ दिन लामो लकडाउन चलिरहेको छ। आज लकडाउनको १३ औँ दिन हो। यस्तै नेपालमा पनि लकडाउनको १४ औं दिन भएको छ ।

कोरोना भाइरसको प्रकोप भारतमा दिन प्रतिदिन बढ्दै गइरहेको छ। हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ११७ जनाको ज्यान गएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ९ : ०६ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न