कोरोना भाइरस संक्रमणको त्रासले मोरक्कोमा ५ हजार कैदी रिहा गरिने | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणको त्रासले मोरक्कोमा ५ हजार कैदी रिहा गरिने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरक्कोका राजा मोहम्मद छैठौँले आइतबार पाँच हजारभन्दा बढी कैदीहरूलाई माफी दिएका छन् । कारागारमा भीडभाड हुँदा कोरोना भाइरस सङ्क्रमण फैलिनसक्न भन्दै निश्चित चरणमा पार गरिसकेका उनीहरूलाई रिहा गर्ने आदेश दिएका हुन् ।

मोरक्कोको न्याय मन्त्रालयले कैदी रिहाइबारे आएको समाचारलाई पुष्टि गर्दै जारी विज्ञप्तिमा भनेको छ, “बन्दीहरुको आचरण र व्यवहारिक बिषयलाई मध्यनजर राख्दै राजा मोहम्मद छैठौँको आदेश बमोजिम उनीहरूलाई रिहा गर्न लागिएको हो । मुक्त गरिने कैदीको छनौटको आधार उमेर, स्वास्थ्य, राम्रो आचरण र हिरासतमा रहँदाका गतिविधिलाई बनाइएको छ ।”

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आपतकालिन स्वास्थ्य अवस्था र आवश्यक सावधानीका कारण असाधारण अवस्थाको कारण निश्चित चरणमा उनीहरूको रिहा हुनेछ ।”

उत्तर अफ्रिकी मुलुक मोरक्कोमा कोभिड–१९ सङ्क्रमणका कारण ६६ जनाको मृत्यु भएको छ भने ९६० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी गराएको छ ।

राजाले जेलमा रहेका कैदीको सुरक्षाका लागि हदैसम्मको उपायहरू अवलम्बन गर्न निर्देशन दिनुभएको छ । तीन करोड ५० लाख जनसङ्ख्या रहेको मोरक्कोमा प्रति लाख जनसङ्ख्या बराबर २३२ कैदी रहेका सरकारी तथ्याङ्क छ ।

मारक्कोका मानवअधिकारवादी समूहहरूले कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपले आफ्नो मुलुकमा पनि प्रभाव पारेको र यसका कारण कैदीको जीवन धरापमा रहेको भन्दै बाच्न पाउने अधिकारको रक्षा गर्दै राजनीतिक तथा छेकथुन मुद्दामा कैदमा रहेका र कैदको अन्त्यतिर पुगेका सम्पूर्ण कैदीलाई रिहा गर्न आग्रह गरेका छन् ।

सरकारको निर्णयमा सन् २०१६ र २०१७ मा मोरक्कोमा भएको ‘हिरक’ आन्दोलन अभियानमा लागेका कारण जेल जीवन विताइरहेका कैदीहरूलाई रिहा गरिने छ वा छैन यसबारे तत्काल प्रस्ट पारिएको छैन ।

संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिशेल बाचेलेटले गत महिना देशहरूले बृद्ध बन्दी र माफी दिनसकिने अवस्थाका अपराधीहरूलाई सङ्कटलाई मध्यनजर गर्दै रिहा गर्ने बारे विचार गर्नुपर्ने बताएका थिए ।

इरान, अफगानिस्तान र इन्डोनेसियालगायत अन्य धेरै देशहरूले भाइरसको ठूलो प्रकोपको जोखिम कम गर्न जेलमा रहेका हजारौं कैदीहरूलाई रिहा गर्ने प्रस्तावलाई अघि सारेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : ४६ बजे

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर