कहाँ चुकिरहेको छ नेपाली क्रिकेट ? | Khabarhub Khabarhub

कहाँ चुकिरहेको छ नेपाली क्रिकेट ?

नेपाल क्रिकेट दोस्रो केन्या बन्ने खतरा !



काठमाडौं – ट्वान्टी–२० क्रिकेट फर्म्याट नेपाली खेलाडीका लागि नयाँ होइन । तर, पछिल्लो समय नेपाली क्रिकेट टोलीले छोटो फर्म्याटका प्रतियोगिताहरुमा पनि राम्रो नतिजा हात पार्न सकिरहेको छैन ।

२०१९ जुलाई यता नेपालले चार टि–२० क्रिकेट प्रतियोगिता खेल्यो । तर, नतिजा कुनै पनि प्रतियोगितामा हात पार्न सकेन । चाहे त्यो, गएको जुलाईमा भएको टि–२० विश्वकप एसिया छनोट फाइनलमा होस्, सिंगापुरमा भएको त्रिकोणात्मक शृङ्खला, ओमानमा भएको ५ देशबीचको टि–२० शृङ्खलामा अथवा आजमात्रै सकिएको एसीसी इस्टन रिजन क्रिकेट प्रतियोगिता नै किन नहोस्, नेपालले राम्रो नतिजा हात पार्न सकेको छैन ।

चारमध्ये विश्वकप छनोट र एसिसी इस्टर्न रिजन महत्वपूर्ण प्रतियोगिता हुन् । विश्वकप छनोटमा नेपाल सिंगापुर र कतारसँग पराजित भएको थियो भने एसीसी इस्टर्न रिजनमा सिंगापुर र मलेसियासँगको हार ‘भारी’ पर्यो ।

नेपालले खेलेका यी चार प्रतियोगितामा नेपालको जुन ‘टीम गेम’ हो त्यो देखिएन । सबै गरि १६ मध्ये १४ खेल खेलेको नेपालले ७ खेल जीतेको छ ।

विवकप छनोटमा होस् वा एसिया कप छनोटमा नेपाली टोलीले महत्वपूर्ण खेलमा हार बेहोर्दा अर्को चरण पुग्नबाट बञ्चित भइरहेको छ ।
यी सबै खेलमा नेपाली टोलीका लागि ब्याटिङ ठूलो समस्याका रुपमा देखियो । तर, बलिङ र फिल्डिङ पनि उत्कृष्ट भने देखिएन । तीनै डिपार्टमेन्टमा कमजोर देखिँदा नेपालले आफ्नो लय गुमाएको क्रिकेट जानकार बताउँछन् ।

नेपालले कुनै एकदिवसिय क्रिकेट (ओडिआई) मा पराजित हुँदा खेलाडीहरुले भन्ने गर्छन्, ‘यो नेपालका लागि नयाँ फ्र्म्याट हो । यसमा धेरै अभ्यस्त नभएका कारण नतिजा राम्रो हुन सकेन ।’ यो छुट अब नेपाली टोलीलाई छैन । किनकी उनीहरु लामो समयदेखि यहिँ फर्म्याटमा अभ्यस्त रहँदै आएका छन् ।

टि–२० मा एकपछि अर्को असफलता हात पारिरहँदा विभिन्न पक्षहरुबाट नेपाली क्रिकेट टोलीको नतिजा, खेलाडीको प्रदर्शन र नेपाल क्रिकेट संघ (क्यान) पुनर्जन्म पछिका ६ महिनामा उसको कार्यशैली लगायतका कुराहरुको आलोचना व्यापक रुपमा भइरहेको छ । त्यतिमात्रै होइन, थाइल्यान्ड जानु अगाडि प्रशिक्षक परिवर्तन, खराब ब्याटिङ र टिम कम्निेसन नहुनु जस्ता कुराहरुको आलोचना भइरहेको छ ।

नेपाली टोलीको अहिले खस्कदो प्रदर्शनलाई समयमै सही दिशा दिन नसके नेपाली क्रिकेट टोली एकोहोरो ओरालो लाग्ने त होइन भन्ने चिन्ताको चर्चा पनि हुन थालेको छ ।

‘प्रदर्शन खस्किएको खेलाडीले स्वीकार्नु पर्छ’

एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त देशले पछिल्लो समय टि–२० मा आफुभन्दा कमजोर टोलीसँग भने हार बेहोरिरहेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा प्रशिक्षक विनोद दास नेपाली टोलीको प्रदर्शन खस्किएको खेलाडीहरुले स्वीकार्नु पर्ने बताउँछन् ।

उनी नेपालको प्रदर्शन कमजोर हुनुका पछाडि खेलाडीको ‘फर्म’ र प्रशिक्षणका क्रममा भएको कमजोरी लगायत कुराहरुले असर गरेको हुनसक्ने बताउँछन् ।

‘अहिले नेपाली टोलीको प्रदर्शन तल पर्दै गएको छ । किन यसरी लय गुमाइरहेको छ भन्ने कुराका पछाडि खेलाडीको फर्म, प्रशिक्षणका क्रममा भएका कमीकमजोरी लगायत कुराहरुले असर गरेको हुन सक्छ,’ प्रशिक्षक दासले भने,‘पछिल्लो समय नेपालले सोचे अनुरुप खेल्न सकेको छैन । यो कुरा खेलाडीले स्वीकार्नु पर्ने हुन्छ ।’

यता, राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवाल भने नेपाली टोलीको लगातार कमजोर नतिजा आउनुका पछाडि टिम सेट नहुनु, टिम कम्बिनेसन, खेलाडीको माइन्डसेट अथवा समग्र तयारी नै ठिक नभए जस्तो देखिएको बताउँछन् ।

‘नेपालले आफुभन्दा बलियो टोलीसँग हारे भएपनि अर्को अर्थ लाग्न सक्थ्यो तर, आफुभन्दा कमजोर टोलीसँग हार बेहोरिरहँदा यसमा के नमिलेको जस्तो लागिरहेको छ,’ पूर्व कप्तान अग्रवालले भने,‘मलाई टिम नै मेन्टल स्ट्रेसमा छ कि जस्तो लागिरेहको छ ।’

‘एकपछि अर्को खेलाडी परिवर्तन’

नेपाली टोलीले पछिल्लो एक डेढ बर्षको अवधिमा धेरै खेलाडीलाई टोलीमा स्थान दियो । तर, नतिजा भने आफ्नो पक्षमा पार्न सकेन ।

अघिल्लो पटक टोलीमा परेका खेलाडी अर्को टुरमा टोलीमा नपर्ने गरेको पनि देखियो । त्यसोत, पूर्व प्रशिक्षक पटवालको कार्यकालमा धेरै खेलाडीलो राष्ट्रिय टोलीमा स्थान बनाए । तर, नतिजाले साथ दिन सकेन । अझ यसो भनौं नेपाली टोलीको प्रदर्शन एकनासको हुन सकेन ।

पूर्व कप्तान अग्रवाल टीममा लगातारको प्रयोग र प्रशिक्षक परिवर्तन भइरहनुले पनि नेपाली टोलीमा असर गरेको बताउँछन् ।

‘खेलाडी पनि धेरै परिवर्तन भइरहेको छ । उमेश पटवालले ले खासै राम्रो गर्न पनि सक्नु भएन । यी र यस्तै कुराहरुले टोलीको प्रदर्शनमा असर गरिरहेको जस्तो लाग्छ,’ अग्रवालले भने,‘क्रिकेट ९० प्रतिशत मेन्टल गेम हो । त्यस्तोमा टोली मानसिक रुपमा तयार हुन नसक्दा पनि कमजोर भइन्छ ।’

क्रिकेटमा दिगो विकासको आवश्यकता

अर्थशास्त्रमा बढी प्रयोग हुने दिगो विकास शब्द नपाली क्रिकेटका लागि पनि आवश्यक रहेको पूर्व कप्तान अग्रवाल बताउँछन् । उनले अहिले नेपाली क्रिकेटमा टि–२० फ्रेन्चाईहरुबाहेक नेपाली क्रिकेटको संरचनामा कुनै पनि किसिमको परिवर्तन आउन नसकेको बताएका छन् ।

‘संरचनाका हिसाबमा नेपाल २०११ मा जस्तो थियो । अहिले पनि त्यहिँ छ । क्रिकेट विकासमा कुरा नभएका होइनन् । तर, त्यसमा हाम्रो नेतृत्व गम्भिर भइदिएन,’ अग्रवालले भने,‘अब अहिले नै शुरु केही शुरु नगर्ने हो भने नेपाली क्रिकेट ठूलो दुर्घटनामा फस्न सक्ने सम्भावना पनि छ ।’

कुनै समय विश्वकप क्रिकेटको शीर्ष चारसम्म पुग्न सफल भएको क्रिकेट टोली हो, केन्या । तर अहिले विश्वकप च्यालेन्ज लिगबाट माथि उठ्न संघर्ष गरिरहेको छ । कतै नेपाल पनि भोलिका दिनमा त्यहिँ अवस्थामा पुग्दैन भन्ने चिन्ता पनि भइरहेको छ ।

‘अहिलेको टोलीका अनुभवी खेलाडीहरुको बलियो रिप्लेसमेन्ट र घरेलु संरचना बनाउन सकिएन भने नेपाल दोस्रो केन्या बन्ने खतरा पनि छ,’ उनले भने,‘त्यो रिस्क छ । पहिलै देखि पनि थियो । अहिले पनि छ । यस्ता बहसका कुरा यसअघि भइरहेको पनि हो । तर, त्यतिबेला नतिजा आइरहँदा, यी कुराहरु ‘हाइड’ भए । तर, अब नतिजा ओरालो लाग्दा पुन व्युतिएको छ ।’

टिमको प्रदर्शन एकातिर र घरेलु संरचना अर्कातिर चुनौति बनिरहेको बताएका उनले क्यान नेतृत्वले समयमै यसतर्फ ध्यान दिन जरुरी रहेको समेत बताए ।

पछिल्लो ४ बर्ष नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा र त्यसअगाडि देखि पनि घरेलु संरचनाको खाँचो रहेको चर्चा हुँदै आएको बताएका उनले अझै पनि हामीले संरचनाका लागि शून्यबाट काम गर्नु पर्ने अवस्थामा रहनु दुखद् भएको बताए ।

नेपाली क्रिकेटको विडम्बनाका रुपमा औल्याएका छन् । यसलाई रोक्न क्यानले दिर्घकालीन योजनासहित अगाडि आउनु पर्ने उनको भनाइ छ ।

असोजमा आईसीसीले क्यान निलम्बन फुकुवा पछि चतुर बहादुर चन्दको नेतृत्वमा बनेको क्यान नयाँ कार्यसमितिले समेत बाहिर देखिने गरि काम गर्न सकेको छैन् । किन क्यानले अहिलेसम्म योजना बनाउन सकेन ? अध्यक्ष भन्छन्,‘हामी काम गरिरहेका छौं । तर, बाहिर देखिन मात्रै बाँकी छ । हामीले गरेको काम छिट्टै सबैले महसुस हुने गरि सार्वजनिक गछौं । योजना पनि बनाइरहेकै छौं ।’

‘गम्भिर छलफल गर्छौं

थाइल्यान्डबाट फर्किएपछि नेपाली टोलीको अहिलेको प्रदर्शनबारे गम्भिर छलफल गरिने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । उनले थाइल्यान्डको नतिजा अप्रत्याशित रुपमा देखा परेको त्यसको हल समयमा नखोजे भविष्यमा समस्याका रुपमा दोहोरि रहने सकेत बताएका छन् ।

‘अहिलेको नतिजा अप्रत्यासित हो । यसमा हामी होली लगत्तै क्यान बैठक बोलाएर सबै जनासँग बसेर छलफल गछौं,’ अध्यक्ष चन्दले भने,‘उक्त बैठकले अहिले भइरहेका सबै जसो कुराहरुको हल खोज्ने छौं । किन र कसरी आफुभन्दा कमजोर टिमसँग हार्नु पर्यो लगायत कुराहरुलाई लिएर गम्भिर छलफल गर्ने छौं ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ०८ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ