कुटाइ खाएको भन्दै ट्याक्सी चालक आन्दोलित, टुटल पठाओले ‘दादागिरी’ गरेको आरोप | Khabarhub Khabarhub

कुटाइ खाएको भन्दै ट्याक्सी चालक आन्दोलित, टुटल पठाओले ‘दादागिरी’ गरेको आरोप


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहानको साढे सात बजेतिर बाफलसम्म मर्निङ वाक गर्न गएका थिए सानु पुर्वछाने मगर ।

उनी उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको अध्यक्ष हुन् ।

हरेक दिन मर्निङवाक गर्दै बाफल ट्याक्सी पार्किङसम्म पुग्ने उनको दैनिकी हो । मर्निङ वाकसँगै ट्याक्सी पार्किङमा ट्याक्सीको निगरानी समेत गर्ने गरेका छन् उनले ।

तर सधैको भन्दा फरक बनिदियो आजको बिहानी । ‘मर्निङ वाक गरेर फर्किने क्रममा चिया पसलमा थिएँ, चिया पिइरहेको थिएँ’ उनले भने, ‘एक जना साथी आएर बाफलमा झगडा पर्न लागेको कुरा सुनाएँ हतपत त्यतातिर लागेँ ।’

उनका अनुसार एउटा मोटरसाइकल चालकले पार्किङमा राखिएका ट्याक्सीको बीचमा गएर हामी टुटल–पठाओ हौं तपाईलाई लगिदिन्छौ भन्दै ग्राहक बोलाइरहेका थिए ।

आफूले टुटल पठाओ लगायतले यसरी यात्रु बोलाएर जान नमिल्ने बताएको उनले सुनाए ।

‘४०/५० वटाभन्दा बढी ट्याक्सीको बीचमा आएर मानिसलाई चढाउन थाल्यो भने भोलि द्वन्द्व –झै झगडा सिर्जना हुन्छ मानवीय क्षति पुग्छ’ भनेर आफूले उनलाई सम्झाएको मगरले सुनाए ।

तर मोटरसाइकल चालकले ‘सक्छस् भने टुटल पठाओ नै बन्द गर !’ भन्दै आफूलाई थर्काएको उनले बताए ।

ट्याक्सी ड्राइरहरु र मोटरसाइकल चालकबीच विवाद भएपछि उनले केही आफ्ना साथीहरुलाई बोलाएको मगर बताउँछन् ।

विस्तारै मानिसको भीडभाड अलि बाक्लो हुँदै गयो । कुई..कुई.. को आवाजमा प्रहरीको भ्यान आइपुग्यो । भ्यानबाट ओर्लिएर केही नबुझिकन प्रहरी जवानले आफूमाथि हातपात गरेको उनको दाबी छ ।

‘पुलिस गाडी बाट झरेर केही कुरा नै नसुनी कानको जोर्नीमा एक झापड हाने’ उनले भने ।

‘प्रहरी मेरो साथी भन्ने भनाइ छ नि’ दुखेसो गर्दै अध्यक्ष मगरले भने, ‘आज मलाई साथीको महशुस भएन ।’ चेकजाँच नै गराउनुपर्ने गरी पिटेको बताउँदै उनी भन्छन्, ‘अहिले म यातायात कार्यालय जाँदै छु बेलुकातिर टिचिङ जान्छु ।’

आफूमाथिको कुटपिट एक जना ट्याक्सी ड्राइभरमाथि नभएर समग्र चालकमाथिको रहेको उनको भनाइ छ ।

कुटाइखाएपछि आन्दोलन

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्षमाथि कुटपिट भएपछि ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिएका छन् ।
शुक्रवार दिउँसो उनीहरु ट्याक्सीको लाइन लगाएर यातायात व्यवस्था विभाग पुगेका छन् ।

टुटल पठाओ लगायतका नयाँ भाडाका सवारीले गैरकानूनी रुपमा यात्रु बोकिरहेको भन्दै उनीहरुले रातो नम्बर प्लेटमा ग्राहक बोक्ने गैरकानूनी काम वन्द गराउन विभागसँग आग्रह गरे ।

सरकारले ट्याक्सीमाथि गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्ने र मापदण्ड बनाएर सेवामुखी बनाउनु पर्ने उनको भनाइ छ ।

ट्याक्सी चालक र व्यवसायीहरुले टुटल पठाओ लगायतले दादागिरी गरिरहेको भएपनि प्रशासनले संरक्षण गरिरहेको आरोप लगाउँदै आएका छन् ।

सरकारले टुटल पठाओलाई यात्रु बोक्न दिएर आफूहरुको रोजिरोटी खोस्न खोजेको भन्दै केही समय अघि ट्याक्सी चालक र व्यवसायी आन्दोलनमा नै उत्रिएका थिए ।

सरकारले पनि निजी प्रयोजनमा दर्ता भएका सवारीले यात्रू बोक्न नपाउने भन्दै टुटल पठाओ चालकलाई कारवाही गरेको थियो । तर नयाँ सुरुवात भएको कामलाई नियम बनाएर व्यवस्थित गर्नुपर्ने भन्दै चौतर्फी विवाद भएसँगै टुटल पठाओले निरन्तरता पाएका थिए ।

फागुनको एक गते उच्च अदालत पाटनले मोटरसाइकलमा भाडा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ४ : ०१ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले