अख्तियारको मुद्दाबारे देउवा निवासमा कांग्रेस नेताहरूले गरे कानून व्यवसायीसँग छलफल | Khabarhub Khabarhub

अख्तियारको मुद्दाबारे देउवा निवासमा कांग्रेस नेताहरूले गरे कानून व्यवसायीसँग छलफल


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छादारविरुद्ध अख्तियारले दायर गरेको मुद्दाका बारेमा कानून व्यवसायीसँग छलफल गरेको छ ।

विहीवार(आज) पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको पदाधिकारीसहितका शीर्ष नेताहरुको बैठकपछि कांग्रेसले उपसभापति गच्छादारमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको निष्कर्ष निकालेको हो ।

ललिता निवास प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीहरुलाई मुद्दा चलाइएको छैन तर विभागीय मन्त्री विरुद्ध मात्र मुद्दा चलाइएको छ किन ? भन्दै कांग्रेस नेताहरुले कानून व्यवसायीसँग जिज्ञासा राखेका थिए ।

जवाफमा कानून व्यवसायीहरुले भने यो राजनीतिक प्रकृतिको मुद्दा देखिएको तर आफूहरु कानूनी हिसावमा लड्न तयार रहेको बताएका स्रोतको भनाइ छ ।

बैठकमा सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल, ज्ञानेन्द्र कार्कीलगायत सहभागी थिए ।

कांग्रेस निकटका कानून व्यवसायी समेत सहभागी भएको बैठकमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेसमेत छलफल भएको थियो । छलफलमा कानून व्यवसायीहरु प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेल सहभागी थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा बुधवार मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा बाबुराम भट्टराईसमेतको मिलेमतोमा यति ठूलो भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ । तर, नीतिगत निर्णय भएको र आफ्नो क्षेत्राधिकारमा नपर्ने भएकाले मुद्दा दायर गर्न नसकिएको अख्तियारले जनाएको छ । तर विभागीय मन्त्री माथि मात्र प्रतिशोध साँधेको कांग्रेसका नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : ०६ बजे

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक