पैसाकै कारण टुटफूट हुँदै आएको कम्युनिस्ट आन्दोलन | Khabarhub Khabarhub

पैसाकै कारण टुटफूट हुँदै आएको कम्युनिस्ट आन्दोलन



केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो।

नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले , लेखक/ साहित्यकार , पत्रकारले, बुध्दिजीवीहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट संज्ञा दिइएका महाभ्रष्टहरुको सरकार भन्दै आलोचना गर्दै आएका थिए ।

तर यस सत्यतालाई सत्ता पक्षीयहरुले राजनीतिक पूर्वाग्रही भएर भनिएको हो भन्दै ढाकछोप गर्दै आएका थिए । तर आज यो कुरा सत्य सावित हुन पुगेको छ । कसरी भने पार्टी एकता भएको २१ महिना पछि बसेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को पहिलो बैठकमा सहभागी भएका बहुमत केन्द्रीय सदस्यहरुले “पार्टी नेतृत्व भित्र भ्रष्टाचार मौलाएर दुबो झै झाङ्गिदै गएर पार्टीलाई बदनाम तुल्याएर जनताका बिचमा अलोकप्रिय बनाइएको ” भनेर नेताहरुको खुलेर आलोचना मात्रा गरेनन् । नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग गरे ।

१४ ग्रुपमा छलफल गराइएकोमा सबै समुहका टोली नेताहरुले नेताहरुको सम्पत्ति छानबिन गर्न एक शक्तिशाली आयोग गठन गर्न माग गरेर । नेताहरु महाभष्ट भएर गन्धआइसकेको वारेमा सबै जसो केन्द्रीय सदस्यहरुले एउटै स्वरमा आवाज उठाए पछि नेताहरूले केन्द्रीय सदस्यहरुको विरोधको आवाजलाई कुल्चिन नसक्ने ठहरमा पुगेर त्यस बैठकले नेताहरुको सम्पत्ति छानबिन गर्नका लागि पार्टीले पहिले नै गठन गरेको अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गर्न बाध्य भएको छ ।

अब भ्रष्ट नेताहरुको ब्यक्तिगत सम्पत्ति कति छ ? घरपरिवारका सदस्यहरुका कुन कुन सदस्यहरुको नाममा नगत/जिन्सी, सुना- चाँदी, घर, महल, जग्गा जमिन र के कति सम्पत्ति थुपारिएको छ ? भन्ने कुरा साँच्चिकै नेताहरुको सम्पत्ति छानबिन गर्न खोजकै रहेछ भने सबै पत्ता लाग्नेछ । कुन कुन नेताहरूको कुन बैंकमा कति पैसा छ ? लकरहरुमा कति सुन – चाँदी छ ? सबै पत्ता लाग्ने छ ।

नेपाली जनताहरुले त कम्युनिस्ट भनाउँदाहरुले जनतालाई ढाँटेर, छलेर, बदमासी गरेर , गध्दारी गरेर देशको सम्पत्ति कुम्ल्याएर जुन अरबपि, खरबपति बनेका छन् तिनिहरुको सम्पत्ति साँच्चिकै हेर्न चाहेका छन् र कम्युनिस्टका नामका ती कलंकहरुलाई जनताका बीचमा ल्याएर उभ्याएको, उछितो काडेको देख्न चाहन्छन् ।

किनकि चप्पल लगाएर सामान्य झोला बोगेर राजधानी काठमाडौं लगायत मुलुकका ठूला शहरमा पसेका कम्युनिस्ट भनिएका नेताहरु रातारात लखपति, करोडपति, अरबपति भएको, राजधानी र ठूला शहरहरुमा आलिशान महलहरु ठड्याएको, अथाहमा नाममा घरजग्गा खरिद गरेको जनताले खुलेआम देख्दै आएका छन् ।

जनताले भन्दै आएका छन् यी नेताहरूले यति छिटै रातारात सम्पत्ति कहाँबाट कुम्ल्याएका हुन भनेर प्रश्न गर्दै, विरोध गर्दै आएका छन् । तर यी भ्रष्ट नेताहरूले जनताका ती गुनासा र विरोधहरुलाई कहिल्यै सुनेनन् ।

कार्यकर्ताहरुको आवाजलाई कहिल्यै सुनेन् उल्टै विरोध गर्ने, आलोचना गर्ने कार्यकर्ताहरुलाई कारबाही गर्दै आए । पार्टीबाटै निकालि दिनेसम्मका घृणित र नालायक कार्य गर्दै आए । आफू सच्चिने रुपान्तरण हुनु त कहाँ हो कहाँ उल्टै पार्टी फुटाउने र पार्टी भित्रका असल, ईमानदार कार्यकर्ताहरुलाई लाखा पाखा लगाउने र आफू जस्तै भ्रष्टहरुको झुन्डलाई लिएर मोजमस्ति गर्दै आए ।

तर आज ऐतिहासिक झापा विद्रोहलाई टेकेर आएका र झापा विद्रोहको ब्याज खाँदै आएका एमालेका भ्रष्ट नेताहरु र महान् दश वर्षे जनयुद्धमाथि चढेर जनयुद्धको ब्याज खाँदै आएका माओवादीका भ्रष्ट नेताहरु आज एउटै कित्तामा सामेल भ्रष्टाचारले कुहिएर डुङडुङति गन्ध आशइरहेकाहरुलाई आज आफ्नै पार्टीका कार्यकर्ताहरुले सम्पत्ति छानबिन गरिएको हेर्न पाउछन् जस्तो वातावरण बन्न लागेजस्तो छ ।

राजधानी र ठूला शहरहरुमा आलिशान महल नभएका एमालेका नेताहरु शायदै छैनन् । निजी बोर्डिङ स्कुलहरु , निजी कलेजहरु , निजी अस्पतालहरु सबै एमालेकै नेताहरुले चलाउदै आएका जनताले घाम जत्तिकै छर्लङ्ग देख्दै र हेर्दै आएका छन ।

देश भरमा खोलिएका निजी वाणिज्य बैंकहरु एमालेका नेताहरूले खोल्दै र चलाऊदै आएका छन् । हाइड्रो पावरहरुमा सारा लगानी पनि एमाले र अहिले नयाँ एमाले बनेका पुराना माओवादीका नेताहरुकै शेर लगानी रहेको छ ।

यति गरेर पनि नपुगेर मरिसकेकाा आफ्ना नेताहरुका नाममा प्रतिष्ठान, फाउन्डेसन , स्कुल , कलेज र अस्पतालहरु समेत खोलेर पुराना एमाले र नयाँ एमालेका नेताहरुले जनताका छोराछोरीहरुबाट हाकाहाकी दिन दिनहाड‌ै करोडौं रकम असुल्ने गरेको कुरा पनि कतैबाट छिपेको छैन ।

पार्टी भित्र पद प्रतिष्ठाको खोजी गर्ने , त्यसका लागि नेता र नेतृत्वको चाकडी , च्याप्लुसी र दलाली गर्ने , नाजायज ढंगले नेतृत्वमा पुग्ने, नेता, मन्त्री, मानन्य, सभाषद बन्ने, राजनीतिक नियुक्ति लिने दिने गर्ने , त्यस वाफत लाखौं करोडौं घुस कमिशन दिने लिने र पैसा कमाउने भर्‍याङ बनाउने , कार्यमा कम्युनिस्ट पार्टीहरुमा प्रतिष्पर्धा चल्दै आयो ।

२०४६ सालको परिवर्तन पछि माले एमाले भए पछि २०४८ सालको संसदीय आम निर्वाचनमा भाग लिए देखि संसदीय व्यवस्थामा प्रवेश गर्यो र संसदीय लोप लालचमा फस्दै जानेक्रममा एमाले २०५१ को मध्यावधि चुनावबाट नौ महिने सरकार चलाउने मौका पाएक‍ोो एमाले २०५२ साल पश्चात् पजेरो संस्कृति र महल संस्कृतिमा प्रवेश गर्यो। त्यसैबिच एमाले चमाले सरकारको नेतृत्व गर्न पुगेपछि एमाले विविध प्रकारको विकृति र विसंगतिमा जानी जानी फस्दै गयो र त्यस पछि एमालेका नेताहरूले पूर्व पञ्चेहरु र कांग्रेसका भ्रष्ट नेताहरूलाई पनि उछिन्दै भ्रष्टिकरणमा फस्दै गयो ।

त्यही सिलसिलामा २०५३ साल असोज ४ गते एमालेले महाकाली सन्धि अनुमोदन गरेर राष्ट्र घातको कलंकको टीका लगाउन पुग्यो । प्रष्टै छ भारतबाट ठूलो गाँठ प्राप्त गरेर नै राष्ट्रघाति महाकाली सन्धिमा हस्ताक्षर गर्न पुगेको घटना आजसम्म पनि ताजै छ । पैसा कै कारणले २०५४ सालमा एमाले फुटेर माले – एमाले बनेका थिए ।

विगतदेखि वर्तमानसम्म हेर्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलन पैसाकै कारण टुटफूटको अवस्थामा आइपुगेको छ । जताबाट आर्थिक लाभ मिल्छ त्यही ठूलो समूह जाने गरेको पाइन्छ । अब पनि नेकपा सिंगै अवस्थामा अघि बढ्ने सम्भावना कम कम हुँदैछ ।

दश वर्षे जनयुद्ध गरेर आएका माओवाद – एमाओवादी – माके हुदै एमाले भित्र विलय हुने परिघटना पनि जनयुद्धको नेतृत्व गरेर आएको मुख्य नेतृत्व भ्रष्टिकरणमा चुर्लम्म डुब्न पुगे पछि युध्दकालीन अवस्थामा लुटिएको पैसा र क्यान्टोनमेन्टमा राखिएका माओवादीका जनमुक्ति सेनाको सुविधामाथि गरिएको भ्रष्टाचार र पटक पटक सरकारमा जाँदै गर्दा लिएको सेवा सुविधा कति छ ?

माननीय ,सभाषद, मन्त्री बन्दा , राजनीतिक नियुक्ति आदि दिँदै लिँदै गर्दा , ठेक्का पट्टा , देश- विदेश आदि गर्दै गर्दा र पूर्वपञ्चहरु, कांग्रेस, एमालेहरुको साथ संगत गर्दै गर्दा १० वर्ष जनयुद्ध लडेर आएका , २०६० साल तिर सबै सम्पत्ति पार्टीलाई बुझाएर आएका एमाओवादी – माके हुदै अकुत सम्पत्ति कमाएर पुस्तौ पुस्तासम्म पुग्नेगरि अकुत सम्पत्ति कमाई सके पछि नेताको मन बहलाएको देखिन्छ ।

माओवादी आन्दोलनबाट आएको भ्रष्ट नेताहरुको ठूलै झुन्ड कालो धन सेतो बनाउनका लागि , अव‌ैध धन वैध बनाउनकै लागि एउटा ठूलै हुल एमाले भित्र विलय हुन पुग्यो र आज पुरानो एमाले र नयाँ एमालेको जुन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भित्र जुन आज एउटा भिड जम्मा भएको छ , त्यो नेपाली कम्युनिस्ट आन्दोलनको ७० वर्षको इतिहासमा एउटा कलंकको रुपमा विना लाज श्रम कम्युनिस्टहरुको दुई तिहाइको बहुमतको प्रतिक्रियावादी सरकार चलाउन पुगेको छ। र आज अति भए पछि भ्रष्टहरुको घैटो फुट्ने अवस्थामा पुगेको छ ।

यतिले मात्र नपुगेर आज संसदीय दुई वटा संसद, छ वटा प्रदेश संसद र करिब ८०० स्थानीय निकाएहरुमा बहुमतले कब्जा जमाउन सफल भएको डब्बल नेकपाका जनप्रतिनिधिहरु जनताबाट असुलेको चर्को करमाथि मोजमस्ति गरिरहेका छन् र तिनका अपराधहरुको पोल खोलि दिने गरेकोले सामाजिक सञ्जाल र आम सञ्चार माध्यमलाई लगाम लगाउन कालो कानून बनाउदै छन् ।

लेनिनको नेतृत्वमा सन १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भए पश्चात रुस लगायत पूर्वी युरोपका २० आौ देशहरूमा सोभियत मोडलको समाजवाद लागु गरिएको थियो भने चीन , भियतनाम , उत्तर कोरिया , कम्वोडिया, क्युवा लगायतका देशमा क्रान्ति सम्पन्न गरेर कम्युनिस्ट समाज व्यवस्था ,समाजवादी व्यवस्था लागु गरिएको थियो र विश्वको आधा भन्दा बढी जनसंख्या कम्युनिस्ट शासन मुनि गोलबन्ध हुन पुगेका थिए ।

त्यति भएर पनि ती समाजवादी देशहरुका कम्युनिस्ट पार्टीका नेताहरु नेपालका जस्तो कम्युनिस्ट पार्टीको नामबाट महाभष्ट भए जस्तो नांगो रुपमा भ्रष्ट भइसकेका थिएनन् । रुस , चीन लगायतका देशका नेताहरुमा अवसरवाद घुसे पछि संसारका सबै देशहरूमा प्रति क्रान्ति भएर पुनः पुँजीवादको स्थापना भएर विश्व समाजवादी शिविर रक्षात्मक अवस्था पुग्न बाध्य भयो । आज सम्म पनि त्यो अवस्था यथावत छ ।

पूर्वी युरोपको एउटा लामो वर्ष सम्म कम्युनिस्ट सरकार चलाएको देश रुमानीयाका राष्ट्रपति चाउ चेस्की भने महा भ्रष्ट भएर देशको आधा जति सम्पत्ति आफ्नो नाममा बनाएका थिए । पछि जनताले आफ्नो नेता महाभ्रष्ट भएको थाह पाए पछि चाउ चेस्की र उनकी श्रीमतीलाई समेत जनताले सडकमा ल्याएर काटी दिएका थिए ।

आज नेपालमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को कुनै विषेश नेता मात्र नभएर पार्टीको मुख्य नेतृत्व नै महा भ्रष्ट हुन पुगेको छ । त्यसैले यसलाई नेपालको मात्र नभनेर संसारक‌ भ्रष्ट कम्युनिस्टको सरकार भनिएको हो । अब रुपान्तरण हुनै नसक्ने र जनताले पत्याउनै नसकिने गरि भ्रष्टिकरणमा डुवी सकेको छ । अन्तिममा भन्नै पर्छ कि नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) सरकार विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा भ्रष्ट सरकार हो भनिरहदा कोही कसैलाई पनि अन्याय हुनेछैन ।

त्यसैले अब कोही पनि केपी ओली नेतृत्वको वर्तमान सरकार कम्युनिस्ट सरकार होइन , इतिहासमै भ्रष्टहरुको भन्ने कुरामा कतै भ्रम बाँकी नरहोस् भन्ने यो लेखको आसय रहेको छ । आजलाई यत्ति नै बस् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ०९ बजे

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक