नेकपा जिल्ला नेता गिरी मृत्यु प्रकरणः शंकास्पद ४ जना पक्राउ  | Khabarhub Khabarhub

नेकपा जिल्ला नेता गिरी मृत्यु प्रकरणः शंकास्पद ४ जना पक्राउ 


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु घटनामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरुलाई बानेश्वर वृत्तमा राखेर अनुसन्धान जारी राखिएको बताए ।

नयाँबानेश्वरको आलोकनगरमा गत मंगलबार राति उनको शंकास्पद मृत्यु भएको आफन्तले जनाएका छन् । मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविनको माग गरेका छन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीका अनुसार डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएका उनलाई उपचारका लागि सिभिल अस्पतालमा लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

५१ वर्षीय गिरी शरीरका विभिन्न अंग र छातिमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट लागेको अवस्थामा भेटिएका थिए ।

उनी दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, रेन्बो स्कुलका संस्थापक तथा प्याब्सन भक्तपुरको सल्लाहकार समेत थिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ४५ बजे

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि