अमेरिकालाई रोक्दै शीर्ष स्थानमा उक्लिने ओमानको लक्ष्य | Khabarhub Khabarhub

अमेरिकालाई रोक्दै शीर्ष स्थानमा उक्लिने ओमानको लक्ष्य


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा आज (बिहीबार) अमेरिका र ओमान भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुने खेलमा अमेरिका र ओमानले प्रतिस्पर्धा गर्दैछन् ।

बुधबार शृङ्खलाको पहिलो खेलमा नेपाललाई पराजित गरेको ओमान अमेरिकामाथि जित हात पार्दै अकं तालिकामा सुधार गर्ने लक्ष्यमा रहेको छ । ७ खेलमा १० अंक जोडेको ओमान अमेरिकालाई रोक्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ ।

यता, अमेरिका भने १२ अंकसहित लिग २ को शीर्ष स्थानमा रहेको छ । उ आजको खेलमा ओमानविरुद्ध जीत निकाल्दै शीर्ष स्थानमा यथावत रहने लक्ष्यमा छ ।

अमेरिकी टोलीले नेपालमा आएर एक अभ्यास खेल खेलेको थियो । जसमा नेपालको बी टिमसँग अमेरिका पराजित भएको थियो ।

तर, लिग २ मा लगातार राम्रो गरिरहेको अमेरिका टियू मैदानमा पनि ओमानलाई पराजित गर्ने लक्ष्यमा छ ।
ओमानविरुद्ध अमेरिकाका आरोन जोन्स, मोनाक पटेल लगायतका खेलाडी हावी हुन सक्नेछन् । यो शृङ्खलामा उनीहरु उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

शृङ्खलाको पहिलो खेल जितेको ओमानका कप्तान जिसन मक्सुदले दोस्रो अमेरिकासँगको खेलमा लय कामयम राख्ने बताएका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : ५० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६