टोटेनहम एफ ए कपको पाँचौ चरणमा प्रवेश | Khabarhub Khabarhub

टोटेनहम एफ ए कपको पाँचौ चरणमा प्रवेश


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा साउथह्याम्टनमाथि रोमाञ्चक जित निकाल्दै टोटेनहम अघिल्लो चरणमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटेनहमले साउथह्याम्टनलाई ३–२ ले पराजित गर्‍यो।

जितसंगै टोटेनहमले नर्विच सिटीसँगको उपाधि भिडन्त पक्का गरेको छ । ज्याक स्टेफनले १२ औ मिनेटमा गरेको आत्मघाति गोलबाट टोटेनहमले अग्रता बनाएको थियो ।

साने लङले ३४ औं मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्काए । ड्यानी ईङ्सले ७२ औं मिनेटमा साउथह्याम्टनलाई खेलमा अग्रता दिलाएका थिए ।

त्यसपछि लगातार दुई गोल गर्दै टोटेनहमले रोमाञ्चक जित दर्ता गर्‍यो । लुकास मौराले ७८ औ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

८७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै सन ह्युङ मिनले टोटेनहमका लागि विजयी गोल गरे । डेन अलीको पासलाई विफल बनाउने क्रममा साउथह्याम्टनका गोलकिपरले फल गर्न पुगेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो ।

साउथह्याम्टनले अब प्रियिमर लिगको पुछारमा रहेको टिम नर्विच सिटीलाई पाँचौ चरणको खेलमा आतिथ्यता प्रदान गर्नेछ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ७ : २२ बजे

स्याउका बोटमा फूल लाग्न थालेपछि बगैंचा सेताम्मे

जुम्ला– यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा

पाँच वर्षभित्र तीन क्षेत्रमा ११४ खर्ब लगानी

काठमाडौं – सरकारले अर्थतन्त्रका तीन क्षेत्रमा आगामी पाँच वर्षभित्र १

सिसै सिसाको प्रतिक्षालय (तस्बिरहरु)

काठमाडौं– धरहरा पुनर्निर्माण योजनाअन्तर्गत बनेको नयाँ प्रतीक्षालय अहिले सबैको ध्यानको

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको