चार मुलुकका लागि श्रम काउन्सिलर तथा सहचारी नियुक्त | Khabarhub Khabarhub

चार मुलुकका लागि श्रम काउन्सिलर तथा सहचारी नियुक्त


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ ।

साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई छनोट गरेको हो । त्यसैगरी बहराइनका लागि श्रम सहचारीमा दामोदार दाहाल र कतारका लागि अनुज गौतम छनोट भएका छन् ।

लामो समयसम्म श्रम काउन्सेल र सहचारी नियुक्त हुन नसक्दा अप्ठ्यारोमा परेका नेपाली कामदारलाई सहजीकरणमा समस्या हुँदै आएको थियो ।

श्रम मन्त्रालयले श्रम काउन्सिलर र सहचारी छनोटका लागि २०७४ माघ २५ र २०७६ पुस २१ मा सूचना प्रकाशित गरेको थियो ।

काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्था बमोजिक काउन्सेलर तथा सहचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ५३ बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई