धुम्रपान गर्नेलाई मात्र होइन नजिक बस्नेलाई समेत हुन्छ यस्तो असर | Khabarhub Khabarhub

धुम्रपान गर्नेलाई मात्र होइन नजिक बस्नेलाई समेत हुन्छ यस्तो असर


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्तीमा ४ हजार किसिमका स्वास्थ्यलाई असर गर्ने रासायनिक पदार्थहरु हुन्छन् । ती मध्ये ४५ किसिमका रसायनहरुले क्यान्सरको विकास गराउँछ ।

धुम्रपान गर्ने व्यक्तिलाई दम,खोकी, ब्रोङ्काइटिस र क्यान्सर हुने जोखिम उच्च हुन्छ । तपाईलाई जानकारी नै होला धुम्रपान गर्ने व्यक्तिलाई फोक्सो,पेट फियो, मुत्रनली र पाठेघरको क्यान्सर हुने जोखिम बढी हुन्छ ।

त्यतिमात्र होइन धुम्रपान गर्ने व्यक्तिमा मुटु रोग, मस्तिष्कमा रक्तश्राव हुने, गर्भको बच्चा कमजोर हुने र काम गर्ने क्षमतामा समेत कमी हुने समस्याहरु देखिन्छ ।

तपाईले धुम्रपान गर्नुहुन्न भने यी रोग लाग्ने सम्भावना कम छ भनेर सोच्दै हुनुहुन्छ होला । तर तपाईलाई थाहा छ ? धुम्रपान नगर्दैमा यी रोगको जोखिमबाट मुक्त हुन सकिँदैन । यदि तपाई धुम्रपान गरिरहेको व्यक्तिको नजिक बस्नुहुन्छ भने तपाईलाई पनि यी रोगहरु लाग्ने सम्भावना अधिक हुन्छ ।

धेरै समय धुम्रपान गर्ने व्यक्तिको नजिक रहेका महिनाहरुमा क्यान्सर हुने सम्भावना २० देखि ३० प्रतिशत रहन्छ । अर्थात तपाईले धुम्रपान गर्नुहुन्न, तर तपाई धुम्रपान गरिरहेको मानिसहरुसँगै उनीहरुले उडाएको चुरोटको धुँवाको नजिक नियमित बस्दा त्यसको असर तपाईलाई पनि पर्छ ।

यस्तै गर्भवती वा स्तनपान गराउने महिलाले धुम्रपान गर्दा उसको बच्चालाई दम, खोकी, कानको संक्रमण, क्यान्सर, निमोनिया र ब्रोङ्काइटिस हुने समस्या प्रवल मात्रामा देखिन्छ ।

धुम्रपानले धुम्रपान गर्ने व्यक्तिको स्वास्थ्यमा मात्र होइन, त्यसका वरिपरि रहेका धुम्रपान नगर्ने व्यक्तिलाई पनि असर परिरहेको हुन्छ ।

धुम्रपान गर्ने आमाबाबुको बच्चालाई धुम्रपान नगर्ने व्यक्तिको बच्चा भन्दा निमोनिया हुने सम्भावना दोब्बर रहने अध्ययनले देखाएको छ ।

आमा, बुबाले धुम्रपान गर्दा नवजात शिशुलाई घाँटी दुख्ने, खोकी लाग्ने, स्वास्थ्य जन्मिएको बच्चा पनि रोगी हुने र अकालमा मृत्यु हुनसक्ने जोखिम रहन्छ ।

स्तनपान गराइरहेकी आमाको दुधमा विषालु रासायनहरु हुन्छन् । जसले शिशुको स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

धुम्रपान छोड्दा हुने फाइदा यस्तो छ

–फोक्सोको दम, खोकी, ब्रोङ्काइटिस, क्यान्सर, मुटुरोग, टिबी रोग लाग्नबाट बच्न सकिन्छ,

–मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ,

–गर्भ नतुहिने र जन्मिएका शिशु स्वास्थ्य हुने गर्छन्,

–धुम्रपान नगर्दा दाँत, औला पहेंला हुँदैनन्,

–बच्चालाई निमोनिया कम हुन्छ,

–पैसाको बचत हुन्छ,

–छोराछोरीले धुम्रपान गर्न सिक्दैनन्,

–धुम्रपान नगर्दा आसपासका अन्य व्यक्तिलाई पनि असर हुँदैन ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ३१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन