इराकको संसदद्वारा अमेरिकी फौजलाई देशबाट हटाउने प्रस्ताव पारित | Khabarhub Khabarhub

इराकको संसदद्वारा अमेरिकी फौजलाई देशबाट हटाउने प्रस्ताव पारित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–इराकको संसदले एक प्रस्ताव पास गरेर सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ ।

इरानी सैन्य कामाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले शुक्रवार इराकको राजधानी बग्दादमा हत्या गरेको थियो । यसपछि इराकको संसदले यस्तो प्रस्ताव परित गरेको हो ।

इराकमा अहिले अमेरिकाका पाँच हजार सैनिक छन् । संसदले सरकारलाई विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र र जल क्षेत्रको प्रयोगमा रोकियोस् ।

इराकको संसदले सरकारलाई अमेरिकी सेनाबाट प्राप्त सबै सहयोग बन्द गर्न पनि आह्वान गरेको छ ।

अल अरेबियाका अनुसार इराकको संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जति सक्यो चाँडो इराकमा विदेशी सैनिकको उपस्थित अन्त्य गर्नुपर्ने बताएका थिए । इराकका प्रधानमन्त्रीले इरानी सैन्य कमाण्डरको हत्या एक राजनीतिक हत्या भएको बताए ।

तर यो प्रस्ताव बाध्यकारी भने होइन । अमेरिकी सैनिकको उपस्थितिमाथि यो प्रस्तावले केही असर पर्ने छैन । यदी विदेशी सैनकिलाई सैनिकलाई इराकबाट बाहिर पठाउने हो भने यसका लागि नयाँ कानून ल्याउन आवश्यक हुन्छ जसको माध्यमबाट सम्झौता समाप्त हुन सकोस् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ३९ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ