ए डिभिजन लिग फुटबलः आज एनआरटी र जावलाखेल तथा मनाङ र मछिन्द्र भिड्दै | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः आज एनआरटी र जावलाखेल तथा मनाङ र मछिन्द्र भिड्दै


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग अन्तरगत पाँचौ चरणका खेल शुरु हुँदैछन् । आज हुने दुबै खेल दशरथ रंगशालामा हुनेछन् । आज हुने पहिलो खेलमा न्यूरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्नेछन् ।

खेल मध्यान्न १२ बजेबाट शुरु हुनेछ । लिगमा अन्डरडगका रुपमा देखिएको जावलाखेल स्पष्ट ३ अंकको खोजीमा रहेको छ ।

लिगमा ८ अंकसहित चौथो स्थानमा रहेको जावलाखेल एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ भने ४ अंकसहित आठौं स्थानमा रहेको एनआरटी शीर्ष ६ मा अटाउने योजनामा छ ।

आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र मछिन्द्रबीच भिडन्त हुँदैछ । यो भिडन्त ए डिभिजन लिगकै सबैभन्दा प्रतिक्षित खेलका रुपमा हेरिएको छ ।

किनकी साविक विजेता मनाङमा रहेका अधिकांश खेलाडी यो लिगमा मछिन्द्रबाट खेल्दैछन् । त्यसैल दर्शकका लागि मात्र रोचक भन्दा पनि स्वयं खेलाडी र दुबै क्लबका लागि आफूलाई बलियो प्रमाणित गर्नुपर्ने ठूलो चुनौती छ ।

खेल ३ बजे रंगशालामा हुनेछ । कप्तान विराज महर्जनसहित १२ जना खेलाडीले एकै पटक मछिन्द्रमा जाँदा मनाङ कमजोर भएको आँकलन गरिएको थियो । तर, मनाङ अपराजित रहँदै शीर्ष स्थानमा छ।

कमल श्रेष्ठले नेतृत्व गरिरहेको मनाङलाई आफ्ना पूर्व सहकर्मीहरुसँग जीत हात पार्नुपर्ने मुख्य चुनौती छ । यता नयाँ जोस सहित आएको मछिन्द्रका खेलाडीले पनि जसरी पनि जित्नैपर्ने ‘ईख’ छ । शीर्ष स्थानको मनाङलाई पराजित गर्दै आफ्नो उपाधि यात्रालाई अगाडि बढाउने लक्ष्यमा मछिन्द्र छ ।

यी दुई टोलीले जुनसुकै हालतमा पनि जित हात पार्ने योजनामा छन् । यस खेललाई दुबै क्लबका लागि ‘प्रतिष्ठा’को लडाईका रुपमा समेत हेरिएको छ ।

समान ४ खेल खेलेका यी दुवै टोलीले ३ खेलमा जीत र एक खेलमा बराबरी खेलेका छन् । तर, मछिन्द्र अघिल्लो बर्ष लिगको अन्तिम दोस्रो स्थानमा रहेका कारण १ अंक घटेपछि अहिले जम्मा ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

शनिबार देखि शुरु हुनुपर्ने पाँचौ चरणका खेल वर्षाका कारण सोमबारका लागि सारिएका हुन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ०५ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न