नोभेम्बरमा दुई लाख ४५ हजार अमेरिकीले रोजगारी पाए | Khabarhub Khabarhub

नोभेम्बरमा दुई लाख ४५ हजार अमेरिकीले रोजगारी पाए


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्रमा परिरहेको प्रभाबका बाबजुद नोभेम्बरमा २ दुई लाख ४५ हजारले रोजगारी पाएका छन् ।

यद्यपि अमेरिकी रोजगारी दरमा अपेक्षाकृत सुधार आउन नसकेको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ ।

विश्लेषकहरूले अपेक्षा गरेकोभन्दा श्रम बजार सुधार दर सुस्त देखिएको तर यसलाई महामारी नियन्त्रणमा आएसँगै सहजै सुधार गर्न सकिने प्रशस्त आधारहरू रहेका जनाएका छन् ।

नोभेम्बरमा बेरोजगारी दर अघिल्लो महिनाभन्दा करिब ०.२ प्रतिशतले कमी आएको हो । अक्टोभरमा ६.९ प्रतिशत कायम भएको वेरोजगारी दर नोभेम्बरमा घटेर ६.७ पुगेको अमेरिकी श्रम बजार विश्लेषकहरूले बताएका छन् ।

महामारीको प्रभाबसँगै ठूलो सङ्ख्या अर्थात् एक करोड ७० लाख श्रमिकले बेरोजगार बनेका थिए ।

अमेरिकामा नोभेम्बरमा लामो समय अर्थात् २७ हप्ताभन्दा बढी बेरोजगार हुनेको सङ्ख्यामा तीन लाख ८५ हजारले वृद्धि भई कूल ३९ लाखभन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ३५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६