हार्ने अवस्थामा पुगेपछि ट्रम्पले लेखे : 'स्टप द काउन्ट !' | Khabarhub Khabarhub

हार्ने अवस्थामा पुगेपछि ट्रम्पले लेखे : ‘स्टप द काउन्ट !’


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो कार्यकाल राष्ट्रपति बन्‍ने सपना करिब तुहिने अवस्थामा पुगेपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न भनेका छन्।

विहीबार साँझ ट्वीट गर्दै रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रपतिले मत गणना स्थगित आग्रह गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन् : ‘स्टप द काउन्ट !’

पछिल्लो मतपरिणाम अनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ट्रम्प भन्दा अगाडि छन् । उनलाई बहुमत पुग्न मात्र ६ इलेक्टोरल भोटको खाँचो छ ।

उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोटकासाथ पछ्याइरहेका छन् ।

मतगणना जारी रहेका केही राज्यमा राष्ट्रपति ट्रम्प अहिले पनि अगाडि रहेका छन् । ट्रम्पलाई बहुमतका लागि ५६ भोटको आवश्यकता छ ।

कुन राज्यमा भइरहेको छ काउन्टिङ ?

पेन्सिलभेनिया (२०) – डोनाल्ड ट्रम्प अगाडि
नर्थ क्यारोलिना (१५) – डोनाल्ड ट्रम्प अगाडि
जर्जिया (१६) – डोनाल्ड ट्रम्प अगाडि
अलास्का (३) – डोनाल्ड ट्रम्प अगाडि
नेवादा(६)- जो – बाइडेन अगाडि

अहिलेको स्थिति जितमा परिणत हुँदा ट्रम्पको पक्षमा ५४ इलेक्टोरल भोट जोडिनेछ । तर ट्रम्पलाई बहुमतको लागि ५६ भोट चाहिने अवस्था छ ।

बाइडेनले अहिले अग्रता लिइरहेको नेवादामा मात्र जित हासिल गरे पनि उनी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनको लागि अहिले अग्रता भएका सबै ठाउँमा जित हासिल गर्नुका साथै बाइडेनले अग्रता लिएको नेवादामा पनि जित हासिल गर्नुपर्ने देखिन्छ ।

ट्रम्पले ट्वीटरमा लेखेका छन-

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : १० बजे

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा