के अझै ट्रम्पले बाजी मार्न सक्लान ? यस्तो छ बाँकी राज्यको अवस्था | Khabarhub Khabarhub

के अझै ट्रम्पले बाजी मार्न सक्लान ? यस्तो छ बाँकी राज्यको अवस्था


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै उच्च प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन ट्रम्प भन्दा अगाडि  छन् । उनलाई बहुमत पुग्न मात्र ६ इलेक्टोरल भोटको खाँचो छ ।

उनले हालसम्म २६४ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल भोटकासाथ पछ्याइरहेका छन् ।

मतगणना जारी रहेका केही राज्यमा राष्ट्रपति ट्रम्प अहिले पनि अगाडि रहेका छन् । ट्रम्पलाई  बहुमतका लागि ५६ भोटको आवश्यकता रहेको छ ।

कुन राज्यमा भइरहेको छ काउन्टिङ ?

पेन्सिलभेनिया (२०) – डोनाल्ड ट्रम्प अगाडि
नर्थ क्यारोलिना (१५) – डोनाल्ड ट्रम्प अगाडि
जर्जिया (१६) – डोनाल्ड ट्रम्प अगाडि
अलास्का (३) – डोनाल्ड ट्रम्प अगाडि
नेवादा(६)-  जो – बाइडेन अगाडि

अहिलेको स्थिति जितमा परिणत हुँदा ट्रम्पको पक्षमा ५४ इलेक्टोरल भोट जोडिनेछ । तर ट्रम्पलाई बहुमतको लागि ५६ भोट चाहिने अवस्था छ ।

बाइडेनले अहिले अग्रता लिइरहेको नेवादामा मात्र जित हासिल गरे पनि उनी राष्ट्रपतिमा निर्वाचित हुने निश्चित छ ।

ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनको लागि अहिले अग्रता भएका सबै ठाउँमा जित हासिल गर्नुका साथै बाइडेनले अग्रता लिएको नेवादामा पनि जित हासिल गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : २६ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै