फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।

शुक्रवार (भोलि) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक आगामी कार्तिक २४ गते सोमवार सम्मका लागि सारिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको छ,” मुख्यसचिव पौडेलले भने ।

यसअघि गत असोज १९ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । नेताहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै असोज २५ गतेसम्मका लागि सारिएको थियो । तर दशैँ अघि बैठक बस्न सकेको थिएन् । आगामी महाधिवेशनको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक कार्तिक २१ गतेका लागि बैठक बोलाइएको थियो ।

आगामी सोमवार बस्ने बैठकमा कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई समेत बैठकमा बोलाइएको मुख्यमन्त्री पौडेलले बताए ।

“सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” उनले भने ।

आगामी महाधिवेशन र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवा समक्ष राखेका मागहरुबारे छलफलका लागि आज पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बसेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : ०० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको