गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स | Khabarhub Khabarhub

गाउँपालिकाले चलायो आफ्नै एम्बुलेन्स


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ जिल्लाको बडिगाड गाउँपालिकालाई भारत सरकारले निःशुल्क एम्बुलेन्स प्रदान गरेको छ ।

भारत सरकारले नेपालका ४१ सङ्घसंस्थालाई एम्बुलेन्स प्रदान गर्ने क्रममा बागलुङबाट बडिगाड गाउँपालिकाले एम्बुलेन्स प्राप्त गरेपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन थालेको छ ।

भारत सरकारले महात्मा गान्धीको १५१औँ जन्मजयन्तीको अवसरमा बडिगाड गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भई सञ्चालनको तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

‘गाउँपालिकालाई कोरोना सङ्कटमा निकै समस्या भयो, निर्वाचित भएर आएपछि एम्बुलेन्सको आवश्यकता देखेर भारत सरकारलाई माग गरेका थियौं’ गाउँपालिकाका अध्यक्ष पाइजाले भने, ‘तीन वर्ष पहिले माग गरेको एम्बुलेन्स हाल आएर उपहारस्वरुप प्राप्त गरेका छौं, यसको सञ्चालन र व्यवस्थापन गाउँपालिकाले गर्नेछ ।’

शुक्रबार गाउँपालिकाको नाममा एम्बुलेन्स हस्तान्तरण भएको अध्यक्ष पाइजाले जानकारी दिए । कर छुटसहित झण्डै रु १२ लाखभन्दा बढी मूल्य पर्ने बुलेरो एम्बुलेन्स प्राप्त भई गाउँपालिका ल्याउन थालिएको पाइजाले जानकारी दिए ।

कोरोना महामारीको समयमा आफ्नो एम्बुलेन्स नहुँदा भाडाको एम्बुलेन्समा सङ्क्रमित बोक्दै आएको गाउँपालिकाले आगमी दिनमा आफ्नै एम्बुलेन्स प्रयोग गर्दा सहज हुने गाउँपालिकाको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ४२ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल