गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन् ? | Khabarhub Khabarhub

गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन् ?


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन् ?

थापाले भनेका छन्- प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुने/गर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?

उनले विगतमा आफैले गरेका वाचा पूरा नगर्दा यो अवस्था आएको बताएका छन् ।

थापाले प्रश्न गरेका छन्, ‘ डा केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ ?’

जायज माग पूरा गर्दा आफ्नो समर्थन रहने भन्दै उनले भनेका छन्, ‘पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर, एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ ।’

थापाको भनाइ छ, ‘प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा केसीको जीवन तल-माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईं हो।’

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १२ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०