राज्यमन्त्री दुगडविरुद्ध उजुरी | Khabarhub Khabarhub

राज्यमन्त्री दुगडविरुद्ध उजुरी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको स्वामित्वमा सञ्चालन भइरहेको एक उद्योगले नियमअनुसार व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको उजुरी परेको छ ।

वाणिज्य राज्यमन्त्रीले सञ्चालन गरेको दुगड स्पाइस एण्ड फुड्स प्रालि, टंकीसिनवारी मोरङले खाद्य अनुज्ञालगायतको अनुमति नलिइ व्यवसाय सञ्चालन गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको हो ।

सेञ्चुरी साल्टका नाममा उद्योग राज्यमन्त्री सञ्चालक रहेको दुगड स्पाइस एण्ड फुड्स प्रालिले नूनमा कालोबजारी गरेको मञ्चको उजुरी छ ।

व्यवसाय सञ्चालन गर्न कुनै पनि स्वीकृति नलिइ नूनको प्याकेजिङ गर्दै प्रति सय ग्राम ३२ रुपैंयाँमा बेची कालोबजारी गरेको भन्दै मञ्चले कारबाहीका लागि उजुरी गरेको जानकारी दिएको छ ।

सरकारको राज्यमन्त्रीजस्तो गरिमामय पद सम्हाल्ने व्यक्तित्व नै सञ्चालक रहेको उक्त उद्योगबाट आम उपभोक्ताको हक अधिकार हनन हुने, कानूनविपरीत कार्य हुने र उपभोक्ताको संवैधानिक अधिकारलाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थमा लागेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ११ : २९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय