कुण्डली मिलाएर विवाह गर्नुको कारण यस्तो ? | Khabarhub Khabarhub

कुण्डली मिलाएर विवाह गर्नुको कारण यस्तो ?


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्म अनुसार सोह्र संस्कार मध्ये एक हो, विवाह संस्कार । हिन्दू हिन्दु संस्कृतीमा विवाहलाई सात जन्मको बन्धन मानिन्छ ।

विवाहपछि दुई शरीरसँगै आत्माको मेल हुने र जन्मौजन्मसम्म यो सम्बन्ध बनिरहने मान्यता छ । तसर्थ विवाहपूर्व वरबधूको कुण्डली मिलाउने गरिन्छ । वरबधूको कुण्डलीका आधारमा उनीहरुबीच विवाह गर्न उचित छ छैन त्यसबारे जान्न सकिने ज्योतिषहरु बताउँछन् ।

कुण्डलीमा वरबधूको ३६ गुण मिलाइन्छ । यदि दुबैबीच ३६ मध्ये न्युनतम १८ गुण मिलेमात्र विवाह गर्ने सल्लाह दिइन्छ । १८ भन्दा कम गुण मिलेमा विवाह नगर्ने सल्लाह दिइन्छ ।

ज्योतिषशास्त्र अनुसार, विवाह गर्न वरबधूको कुण्डली मिल्नु अत्यन्त आवश्यक हुन्छ । यसले दुबैबीचको नक्षत्र र ग्रह अनुकूल भए नभएको थाहा पाउन सकिन्छ । यदि वरबधूको नक्षत्र र गुण अनुकूल भएमा वैवाहिक जीवन सुखी हुने मान्यता छ भने कुण्डलीम ग्रह नक्षत्र मेल नखाएमा दाम्पत्य जीवन कष्टमय हुने मान्यता छ । जसले दुबैको वैवाहिक जीवन बिग्रने मान्यता छ ।

हुनत कतिपय मानिस कुण्डली वा ज्योतिषशास्त्रमा विश्वास गर्दैनन् । उनीहरु विवाह गर्न कुण्डलीभन्दा वरबधूको एक अर्का प्रतिको स्नेह, विश्वास र समझदारी महत्वपुर्ण हुने मान्दछन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ५५ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना