लेवान्डोस्कीको चार गोलमा बार्यन विजयी | Khabarhub Khabarhub

लेवान्डोस्कीको चार गोलमा बार्यन विजयी


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले हेर्था बर्लिनलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा म्युनिखले हेर्थालाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

बार्यनको घरेलु मैदानमा रोवर्टो लेवान्डोस्की एक्लैले ४ गोल गरे । यता हेर्थाका लागि जोन कार्डोबा, माथ्युस कुन्हा र जेसिक गन्कामले समान एक–एक गोल गरेका हुन् ।

हेर्थाविरुद्ध लेवान्डोस्कीले खेलको ४०औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए भने ५१औं मिनेटमा व्यक्तिगत तथा टीमका लागि दोस्रो गोल गरे ।

२–० ले अघि रहेको बार्यनविरुद्ध हेर्थाका कार्डिबोले ५९औं मिनेटमा गोल गरे । ७१औं मिनेटमा कुन्हाले टीमका लागि दोस्रो गोल गर्दै खेल २–२गोलको बराबरी गरेका थिए ।

हेर्था लयमा फर्किएपछि रक्षात्मक बनेको बार्यनका लागि लेवान्डोस्कीले ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसको तेस्रो मिनेट अर्थात् ८८औं मिनेटमा हेर्थाका एनगनकामले गोल फर्काउँदै खेल ३–३ को बराबरीमा पुर्‍याए ।

बराबरी भएको खेलमा लेवान्डोस्कीले इन्ज्युरी समयमा व्यक्तिगत चौथो गोल गर्दै टिमलाई ४–३ गोलको जित दिलाए ।

तीन खेलमा दुई जित हात पारेको बार्यनले ६ अंक जोडेको छ भने पराजित हेर्थाको ३ अंक छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ३५ बजे

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित