बंगलादेशको एक मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, कयौँ घाइते | Khabarhub Khabarhub

बंगलादेशको एक मस्जिदमा आगलागी हुँदा १२ को मृत्यु, कयौँ घाइते


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

एयर कन्डीसनरबाट भएको आगलागीको घटनामा जलेर कयौँ व्यक्तिहरू घाइते भएका छन् ।

बंगलादेशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राति आगलागी भएको हो । डढेको तथा प्लाष्टिक सर्जरी सम्वन्धी केन्द्रीय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन् । त्यसमध्ये ३५ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइते मध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन् । स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो ।

अधिकारीहरुले ग्यास चुहावतको कारण भुई तलामा रहेको सवै आठ वटा एयर कन्डीसनरमा आगलागी भएको बताएका छन् । घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थना गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ४ : ०९ बजे

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म

कतारका अमिर थानी काठमाडौंमा कतारका अमिर शेख तमिम बिन हमाद

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले