यूएई-काठमाडौँ उडान तालिका सार्वजनिक, २५ दिनमा २८ नियमित उडान | Khabarhub Khabarhub

यूएई-काठमाडौँ उडान तालिका सार्वजनिक, २५ दिनमा २८ नियमित उडान



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई) बाट काठमाडौँका लागि २८ वटा उडान हुने भएका छन् ।

आज अर्थात सेप्टेम्बर ५ देखि ३० सम्म हुने नियमित उडान तालिका सार्वजनिक गरिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सले सेप्टेम्बर ६, ८, १३, १५, २०, २२ र २७ तारिखमा दुबईबाट उडान गर्दैछ । यस्तै हिमालय एयरलाइन्सले सेप्टेम्बर ८, १२, १५, १९, २१, २२ २६ र २९ तारिखमा अबुधाबीबाट उडान गर्ने दूतावासले जनाएको छ ।

यसैगरी एयर अरेबियाको सेप्टेम्बर ६, १३, १८, २० , २७, ३० तारिखमा शारजाहबाट उडान गर्दैछ । फ्लाई दुबईले भने सेप्टेम्बर ८, ११, १५, २२, २५, २९ तारिखमा दुबईबाट उडान गर्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूलाई पायक ठाउँमा यी एयरलाइन्सको टिकट लिन सकिने जनाएको छ । स्वदेश फर्कन चाहनले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको प्रमाण खुल्ने कागजात बोक्नुपर्ने सूचनामा उल्लेख छ ।

नेपाल पुगेपछि पनि अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ९ : ०३ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको