६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि | Khabarhub Khabarhub

६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु एकै दिन पुष्टि भएको छ ।

बुधबार मोरङ र पर्सामा २/२ जना तथा काठमाडौँ र सप्तरीमा १/१ जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

पर्सामा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको बुधबार नै पुष्टि भएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहका अनुसार वीरगञ्ज महानगरपालिकाका ४५ वर्षका एक जना पुरूष र पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाले नै मृत्यु भएको पुष्टि भएको छ ।

संक्रमणबाट मृत्यु भएका पुरूष मधुमेह र मुटुसम्बन्धी रोगबाट पनि पीडित थिए । युवतीलाई भने पखला लागेको थियो । उनलाई उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तर, उनको मृत्यु कोरोनाले नै भएको बुधबार मात्रै पुष्टि भएको हो ।

मोरङमा पनि दुईको मृत्यु

मोरङको कोशी अस्पताल, विराटनगरमा पनि २ जना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको खबरहबलाई जानकारी दिए । उनीहरूको बुधबार दिउँसो आएको रिपोर्टमा कोरोना पुष्टि भएको उनले बताए ।

कोशी अस्पताल विराटनगरका प्रवक्ता डा.लक्ष्मी नारायण यादवका अनुसार विराटनगरका ४५ वर्षका पुरुष मंगलबार बेलुका कोशी अस्पताल भर्ना गरिएको थिए । उनमा पहिला देखि नै मधुमेह र लिभरको समस्या थियो ।

उनको बुधबार बिहान ९ बजे कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट आइनपुग्दै दिउँसो तीन बजे मृत्यु भएको थियो ।

काठमाडौँमा एकको मृत्यु

सशस्त्र प्रहरी बल अस्पतालमा बलम्बुमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सर्लाहीकी ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सशस्त्र प्रहरीका बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए । अर्यालका अनुसार ती महिलामा  साउन १६ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

सप्तरीका एक मृतकमा पनि कोरोना पुष्टि

सप्तरीमा मंगलबार राति र बुधबार गरी तीन जना पुरूषको मृत्यु भएकोमा एक जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार रुपनी गाउँपालिका ५ स्थित गढियाका ४५ वर्षीय पुरुषको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो ।

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका उनलाई ज्वरो आएपछि र  श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि धरान लादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ११ : ०१ बजे

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल