ओली - प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित | Khabarhub Khabarhub

ओली – प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एक नम्बर अध्यक्ष ओलीको व्यस्तताको कारण देखाउँदै बैठक स्थगित भएको सूचना आएको  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बैठक भोलि बिहान बस्ने गरी स्थगित भएको जानकारी दिएका छन् ।

थापाले सामाजिक सञ्जालमा बैठक स्थगित भएकोबारे जानकारी दिदै लेखेका छन्,’ पार्टीका अध्यक्षद्वयबीचको आज ५:०० बजे निर्धारित भेटवार्ता स्थगित भएको छ । भोलि बिहान बस्ने तय भएको जानकारी गराउन चाहन्छु ।’

स्थायी कमिटी बैठकमा एजेण्डाभन्दा बाहिर गएर राजीनामा आएपछि ओली स्थायी कमिटी बैठकलाई नै छल्दै आएका छन् । उनी स्थायी कमिटी बैठकको साटो सचिवालय बैठकमा जोड दिन थालेका छन् भने प्रचण्ड स्थायी कमिटी बैठकलाई निचोडमा पुर्‍याउनु पर्ने पक्षमा रहेको उनी निकट स्रोतले बताउँदै आएको छ ।

ओलीले विवादास्पद व्यक्तिहरूलाई पनि धमाधम नियुक्त गर्न थालेपछि अझ बढी आलोचित हुने डरले उनी बैठक छल्ने प्रयत्नमा लागेको प्रचण्ड-माधव नेपाल पक्षको ठहर छ ।

विवाद बढ्दै गएपछि ओली-प्रचण्डबीचका पछिल्ला बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी हुँदै आएका छन् ।

दुई नेताबीच छलफल भएपनि साउन ६ गतेदेखि स्थगित स्थायी कमिटी बैठक राख्ने बारे सहमति जुट्न सकेको छैन । नेकपाभित्रको विवादका कारण असार १० गते शुरू भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ५ : १८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न