आज थपिए ३८१ कोरोना संक्रमित, १३० डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ३८१ कोरोना संक्रमित, १३० डिस्चार्ज (विवरणसहित)

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए ६२ संक्रमित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ ।

कहाँ कति थिपए ?

डा.गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका एकजना, कोशी अस्पताल प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, सप्तरीका ३ जना, उदयपुरका एकजना र मोरङका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा मोरङका ७ जना, र इलामका एकजना, गजेन्द्र नारायणी सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सर्लाहीका ३ जना र सप्तरीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना, महोत्तरीका १४ जना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्तपाल वीरगञ्जमा गरिएको परीक्षणमा बाराका १९ जना, पर्साका १४७ जना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका ३ जना, कपिलवस्तुका ९ जना र काठमाडौंका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, काठमाडौंका १४ जना र पर्साका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका ८ जना, मकवानपुरका ४ जना र रौतहटका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, धनुषाका एकजना, काठमाडौंका २ जना, ललितपुरका २ जना, महोत्तरीका २ जना र सिन्धुपाल्चोकका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, बाराका एकजना र पर्साका एकजना तथा नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, ललितपुरका २ जना, महोत्तरीका एकजना, रौतहटका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीआइडीएच ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, काठमाडौं मेडिकल कलेजको प्रयोगशालामा धनुषाका एकजना र सिरहाका एकजना, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा धादिङका एकजना, धनुषाका एकजना, पर्साका एकजना, सुनसरीका एकजना र स्याङ्जाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका २ जना, कास्कीका एकजना,र स्याङ्जाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १३ जना र दाङका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालिकोटका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप  १३० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप  १३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार १५६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : ४४ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,