अयोध्या पुगेर भारतीय प्रधानमन्त्री मोदीले गरे राम मन्दिरको शिलान्यास | Khabarhub Khabarhub

अयोध्या पुगेर भारतीय प्रधानमन्त्री मोदीले गरे राम मन्दिरको शिलान्यास


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर  निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका छन्।

दिउँसो १२ बजेर ४४ मिनेटको साइतमा मोदीले चाँदीले निर्मित पाँचवटा ईँटा मन्दिरको जगमा स्थापना गरेका हुन् ।

हेलिकप्टर मार्फत बिहान दिल्लीबाट अयोध्या गएका मोदीले भूमि पूजाअघि हनुमानगढीमा पूजा तथा आरती गरेका थिए ।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेलसहित सहभागी छन् ।

सोही कार्यक्रममा सहभागी भएका योगगुरू रामदेवले अयोध्यामा एउटा भव्य गुरुकुल बनाउने घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेश राज्यमा पर्ने भगवान रामको जन्मभूमि अयोध्यामा सन् १९९२ मा हिन्दू भिडले बाबरी मस्जिद भत्काएको थियो । त्यो मस्जिद राम मन्दिर भत्काएर बनाइएको उनीहरूको दाबी थियो।

दशकौँसम्म सो स्थानको स्वामित्वका लागि भारतमा हिन्दू र मुस्लिम स‌ंगठनबीच विवाद रहे पनि गत वर्ष भारतको सर्वोच्च अदालतले सो स्थान हिन्दूहरूको हुने निर्णय गरेको थियो।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : ५२ बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक