सल्यानमा हालसम्म १५७ ले जिते कोरोना विरुद्धको लडाइँ | Khabarhub Khabarhub

सल्यानमा हालसम्म १५७ ले जिते कोरोना विरुद्धको लडाइँ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सल्यानमा आइतबार थप पाँच जना कोरोना भाइरस संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आइतबार आइसोलेसनमा उपचार गराई रहेका दुई कर्मचारीसहित पाँच जनाले कोरोना जितेका हुन्। योसँगै सल्यानमा कोरोना जितेर घर फर्किनेको संख्या १ सय ५७ पुगेको छ।

स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार लुहापिङ आइसोलेसनमा उपचार गराइरहेका दार्मा गाउँपालिकाका पाँच जनाको पछिल्लो स्वाबको रिपोर्ट नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ।

एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरुलाई घर पठाइएको हो। कोरोना भाइरसबाट निको भएका दुई जना दार्मा गाउँपालिकाका कर्मचारी हुन भने तीन जना भारतबाट आई क्वारेनटाइनमा बसेका नागरिक हुन्।

सल्यान अस्पतालबाट ८ जना, आइसोलेसन कक्ष लुहापिङबाट १ सय २२, प्रदेश अस्पताल सुर्खेतबाट १३ र मिसन अस्पताल चौरजहारीबाट ११ जना निको भएर घर फर्कि सकेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ।

सल्यानमा हालसम्म २ सय ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ४४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन