१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ | Khabarhub Khabarhub

१० वर्षीया बालिका हत्या आशंकामा अघोरी बाबासहित २० जना पक्राउ


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधाम उपमहानगरपालिकाकी १० वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थास्थित घाटमा बस्ने एक अघोरी बाबासहित २ जनालाई शुक्रवार नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि भन्दै थप १८ जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार घटनास्थलमा ब्लाङ्केट पनि भेटिएको छ । बालिकाको पोस्टमार्टम रिपोर्ट अझै आइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता रामेश्वर कार्कीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र हत्या गर्नुपूर्व बलात्कार भएको हो या होइन भनेर पुष्टि गर्न सकिने बताए ।

घटनाको तीव्र अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

गत बुधवार बिहान ११ बजे भैंसी चराउन घरबाट निस्केकी १० वर्षीया बालिकाको शनिवार स्थानीय दुधमती नदी किनारमा शव भेटिएको थियो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ०३ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का