गायक दुर्गेश थापाले ल्याए ‘बीच्च बीच्चमा २’ (भिडियो) | Khabarhub Khabarhub

गायक दुर्गेश थापाले ल्याए ‘बीच्च बीच्चमा २’ (भिडियो)


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापाले नयाँ तीजको गीत बजारमा ल्याएका छन् । उनले युट्युबमार्फत ‘बीचबीचमा २’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गतवर्ष दुर्गेशले ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा’ बोलको गीतमा सार्वजनिक गरेर वर्षभरि नै चर्चा कमाएका थिए । उक्त गीत सामाजिक सञ्जालमा पनि खुबै चर्चित बनेको थियो ।

यसपटकको गीत भने केही फरक छ । कोरोनाका कारण यसपालिको तीजमा पहिलेको जस्तो रमझम नभएको भावलाई दुर्गेशले गीतमा प्रस्तुत गरेका छन् ।

यसपालीको तीज ‘माछो माछो भ्यागुतो’ भएको उनले गीतमा उल्लेख गरेका छन् । दुर्गेशले गीतमा कोरोना भाइरसको महामारीलाई पनि समेटेका छन् ।

गीतमा दुर्गेश थापा, राम खत्री र राजन कार्कीका शब्द छन् भने स्वर र संगीत दुर्गेश थापाले दिएका छन् ।

गीतको भिडियोमा दुर्गेश थापा, जीवन सहनी क्षेत्री, जीबी चिरन, सारिका केसी, दिवासा बिसी, अस्मिता जुरेली, टिका जैसी, सविता राई, इनी विष्ट, शिल्पा खड्का लगायतले अभिनय गरेका छन् ।

भिडियोको छायांकन अर्जुन तिवारीले खिचेका हुन् भने विलन विश्वकर्माले सम्पादन गरेका हुन् । साथै भिडियोमा शिव विकको निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ३३ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र