लक्षण नभएका संक्रमितलाई घरकै आइसोलेसन कसरी व्यवस्थापन गर्ने ? | Khabarhub Khabarhub

लक्षण नभएका संक्रमितलाई घरकै आइसोलेसन कसरी व्यवस्थापन गर्ने ?


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमतिलाई घरकै आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ ।

मन्त्रालयले बनाएको कोभिड १९ केसको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकामा सामान्य लक्षण देखिएका वा लक्षण नभएका कोरोना संक्रमितलाई घरमै आइसोलेनमा राख्ने निर्णय गरेको हो ।

मन्त्रालयले कोभिड १९ महामारी रोकथाम तथा व्यवस्थापन स्वास्थ्य क्षेत्रको आपतकालीन योजनाले मार्ग निर्देश गरेको तथा संक्रामक रोग ऐन २०२० को नियमअनुसार घरमै आइसोलेन राख्ने सम्बन्धमा निर्देशिका जारी गरेको हो ।

सो निर्देशिकाकाअनुसार अब लक्षण तथा चिन्हरु नभएका र सामान्य लक्षण तथा चिन्हहरु भएका केसहरु घरमै राखि व्यवस्थापन गर्न सकिने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकाका अनुसार हरेक अस्पतालले मुख्य प्रवेशद्धारमा स्क्रिनिङ पोइन्ट राखि तापक्रम र अन्य स्वास्थ्य जानकारीका आधारमा सेवा लिन आउने व्यक्तिलाई हरियो र पहेंलो समूहमा वर्गीकरण गरी कार्ड दिने व्यवस्था मिलाइने छ ।

हरियो कार्ड भएका सेवाग्राहीलाई नियमित सेवा युनिटहरुमा सेवालिन पठाउने र पहेंलो कार्ड भएका सेवाग्राहीलाई प्रि आइसोलेसन वार्डमा कोभिड स्क्रिनिङका लागि पठाउने छन् ।

यस्तै पहेंलो कार्ड भएका सेवाग्राहीलाई सेवादिने र थप जानकारीका आधारमा कोभिड शंकास्पद भएनभएको यकिन गर्ने र शंकास्पद व्यक्तिलाई प्रि आइसोलेसन वार्डमा राखि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने छ ।

परीक्षणको नजिता पोजेटिभ आएमा स्वास्थ्यकर्मीले ती व्यक्तिको लक्षण र चिन्ह र उसको स्वास्थ्य अवस्थाको विषयमा यकिन गर्ने छ ।

यदि संक्रमितमा कुनै लक्षण छैन वा सामान्य लक्षण छ भने स्वास्थ्यकर्मीले संक्रमितलाई घरमै आइसोलेसनमा बस्न पठाउने छन् । यदी घरमा बस्न सम्भव नभएमा सोही अस्पतालको आइसोलेसन वार्डमा राखि उपचार गरिनेछ ।

कोरोना संक्रमितको उपचार गर्न हरेक अस्पतालहरुले लक्षण नभएका र सामान्य केसहरुको व्यवस्थापन गर्न छुट्टै आइसोलेसन वार्ड बनाउनुपर्ने निर्देशिकामा उल्लेख भएको छ । त्यसकालागि अस्पतालहरुले हाल उपलब्ध भएका संरचनाहरुलाई पुर्वव्यवस्थित गरी प्रयोगमा ल्याउनुपर्ने र उक्त आइसोलेसन वार्डमा सुरक्षाकर्मीसहित प्रवेश र बाहिर निस्कने द्धार हुनुपर्ने छ ।

त्यसकालागि घरमा बनाइने आइसोलेनको मापदण्ड पनि सरकारले बनाएको छ ।

‘घरमै आइसोलनमा बस्न व्यक्ति पालना गर्नुपर्ने पक्षहरुको बारेमा मन्जुरीनामा गराई आइसोसनमा राख्न सकिनेछ,’ मन्त्रालयले बनाएको निर्देशिकामा भनिएको छ ।

कोरोना संक्रमितलाई घरमै आइसोलेसन राख्न सरकारले १४ वटा मापदण्ड समेत बनाएको छ ।

घरमै आइसोलेसन राख्नपालनागर्नुपर्ने नियमहरु यस्ता छन्

– हावा खेल्ने तथा प्रकास पर्याप्त आउने छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउने,
– उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरु परिवारका सदस्यहरु मार्फत मगाउने,
– खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ । जस्तैः पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरु खाने,
– प्रयोग गरिएका भाडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनर्प्रयोग गर्ने,
– स्नानघर तथा शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा प्रत्येक प्रयोग पछि सरसफाइमा प्रयोग हुने डिसस्फेक्सन ले राम्रोसँग सफा गरे पश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने,
– हातधुने बेसिनहरु संक्रमणको स्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माझ्ने ब्रसलगायतका समानहरु राख्न छुट्टै बेसिनको प्रयोग गर्ने,
– धेरै प्रयोग हुने चीजहरु जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरु जुन धेरै व्यक्तिहरुले चलाउने वा छुने सम्भावना रहन्छ ती समानहरुको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफागर्ने,
– हातधुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नुपर्ने र सबै सदस्यहरुले समय समयमा सफागर्ने,
– भाँडाकुँडा, कपडा धुन पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रोसँग घाममा सुकाउने,
– निजको हेरचाह र प्रत्यक्ष सम्र्पकमा रहने व्यक्ति र निजले अनिवार्य रुपमा मेडिकल मास्क प्रयोग गर्ने,
– बढी जोखिममा रहने समूहहरु जस्तै दीर्घरोगीहरु, ६ वर्ष माथिका जेष्ठ नागरिकहरु, गर्भवति तथा सुत्केरी महिलाहरुलाई निजको सम्पर्कबाट टाढा राख्नुपर्नेछ,
– दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने,
– हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएसबाट जानकारी गराउने,

स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकाअनुसार घरमै आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई श्वासप्रश्वासमा कठिनाइ भएमा, छाती दुखे वा भारी महसुस भएमा ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा अन्य कुनै जटिल अवस्था देखिएमा संक्रमित वा संक्रमितको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

सो निर्देशिकामा घरमा रहेका बिरामीको नियमित अनुगमन गर्न सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एसएमएसबाट बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिइ अभिलेख व्यवस्थित गर्नुपर्ने भनिएको छ ।

घरमै भएका संक्रमति आइसोलेन बाहिर कहिले निस्कने ?

स्वास्थ्य मन्त्रालयले बनाएको सो निर्देशिका अनुसार लक्षण तथा चिन्हहरु नदेखिएको केशको हकमा आइसोलेसनमा भएका संक्रमितले आइसोलेसनमा बसेको १४ दिन पनि आइसोलेनबाट मुक्तहुन सक्नेछन् ।

यस्तै सामान्य लक्षण तथा चिन्हहरु देखिएको केशको हकमा कम्तीमा १४ दिन पछि लक्षण तथा चिन्हहरु पूर्ण निको भएको ३ दिनपछि आइसोलेसनबाट मुक्त हुन सक्ने भनिएको छ ।

कोरोना संक्रमति घरमै रहेका आइसोलेसनबाट मुक्त भएमा त्यसको सूचना अद्यावधिक अभिलेख राखि सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणिकरण गर्नुपर्ने जनाइएको छ ।

अस्पताल सील गर्न नपाइने

स्वास्थ्य मन्त्रालयले बनाएको आइसोलेसन व्यवस्थापन निर्देशिका अनुसार अबदेखि अस्पतालहरुमा कोरोना संक्रमित भेटिएमा अस्पतालहरु सिलगर्न पाइने छैन ।

अबदेखि कुनै पनि अस्पताल वा स्वास्स्थ्य संस्थामा कोरोना संक्रमति भेटिएमा संक्रमति भेटिएको स्थानलाई २ घण्टाभित्र निर्मलिकरण गरी सेवा सुचारु गर्नुपर्ने छ ।

‘स्वास्थ्य संस्थाहरुमा नियमित सेवाहरु कुनै पनि कारणले अवरुद्ध वा संस्था सिल गर्न पाइने छैन । प्री आइसोलेसन वार्ड वा नियमित सेवादिने युनिटमा कुनै व्यक्तिको भिड पोजेटिभ देखिएमा २ घण्टा भित्रमा उक्त स्थानलाई उचित सामग्रीको प्रयोग गरी डिसइफेक्टेड गर्ने र अविलम्ब पुनः सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने छ,’ स्वास्थ्य मन्त्रालयले बनाएको निर्देशिकामा भनिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : १९ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार