यूएईबाट नेपाल आउन १५७ जनाले बोर्डिङ लिए | Khabarhub Khabarhub

यूएईबाट नेपाल आउन १५७ जनाले बोर्डिङ लिए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशमा अलपत्र नेपालीको उद्धारको काम सुरू गरेको छ। आज म्यानमारबाट २६ नेपालीलाई सरकारले ल्याइसकेको छ भने अन्य मूलुकबाट पनि ल्याउने तयारी सुरू भएको छ ।

यसबीचमा अब यूएईमा अलपत्र परेका १५७ जना नेपाली नेपाल आउने अन्तिम तयारीमा पुगेका छन् । उनीहरुले बोर्डिङ लिएर उडानका लागि युएईको शारजहा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्ने समय पर्खिएर बसेका छन् ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार युएईबाट साढे ३ भित्रमा विमान नेपाल आइपुग्ने छ । तर तर विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने युएईको विमान आजै आउने भनिए पनि कतिबजे भन्ने एकिन भइनसकेको जानकारी दिए ।

यूएईबाट नेपाली लिएर आउने विमान बिहान साढे ११ बजे आउने भनिएको भएपनि यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको बताएपछि उडान अन्यौलमा परेको थियो ।

यसबारे दूतावासले थप सहजिकरण गरी अलपत्र नेपालीलाई ल्याउने अन्तिम तयारी गरेको हो ।

एयर अरेबियाको जहाजले ट्रान्सगार्ड सेक्युरेटिका ७९ र इजाजा कम्पनीका ६७ जना र अन्य ११ जना नेपाली नागरिक लिएर आउनेछ ।

स्रोतका अनुसार उनीहरु कम्पनी र आफ्नै खर्चमा नेपाल फर्किन लागेका हुन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १२ : ४७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन