प्रदेश १ बाट थप ३० जना निको भए « Khabarhub

प्रदेश १ बाट थप ३० जना निको भए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश १ को विराटनगर र धरानबाट कोभिड-१९ का थप ३० जना संक्रमित निको भएर घर फर्केका छन्।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ भर्ना भएका २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भएर फर्केका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। योसँगै प्रदेश १ बाट निको भइ घर फर्केनेको संख्या ७८ पुगेको छ।

विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ जना छन्। विराटनगरबाट घर फर्केनेमा एकजना पूर्व सङ्क्रमित छन्।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई शय्याको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको छ। केही दिनभित्र मेची अस्पतालमा थप दुई शय्याको केन्द्र स्थापना गरिने घिमिरेले बताए।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  १० : ०३ बजे

निर्देशक बन्ने तयारीमा इमरान 

काठमाडौँ- बलिउडमा फिल्म ‘जाने तू या जाने ना’ बाट उदाएका

बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल’ हुने 

काठमाडौँ– थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने  ‘नेपाली

केरा खेतीमा बिचाैलियाकाे मनलाग्दी मूल्य

बारा- कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका

भाडा समायोजनको माग राखि ट्रक व्यवसायी आन्दोलित, २० जेठदेखि ट्रक नचलाउने चेतावनी

भैरहवा- सरकारले सात वर्षअघि समायोजन गरी तोकेको भाडादर अझै कार्यान्वयन नगरेको

लक्ष्मीनाथलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौँ– शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित चलचित्र निर्देशक समाजको साधारण