तनहुँमा २ जनामा संक्रमण पुष्टि | Khabarhub Khabarhub

तनहुँमा २ जनामा संक्रमण पुष्टि


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँका दुई जना पुरुषमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार ,जिल्लाको ऋषिङ गाउँपालिका स्थित क्वारेन्टिनमा रहेका एक जना ३९ बर्षका र अर्का ४० वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता समेत रहेका डा.शर्माले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कोरोनाका संक्रमित दुई विरामीहरुलाई जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनकक्षमा राखिने भएको जानकारी उनले दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ५६ पुगेको छ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : ३९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६