असार १ देखि विद्यार्थी भर्ना गर्ने तयारीमा निजी विद्यालय सञ्‍चालक | Khabarhub Khabarhub

असार १ देखि विद्यार्थी भर्ना गर्ने तयारीमा निजी विद्यालय सञ्‍चालक


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्याब्सन, एन प्याब्सन, हिसानलगायत निजी शिक्षण संस्थाको छाता सङ्गठनले असार १ गतेदेखि नयाँ भर्ना गर्ने तयारी थालेका छन् ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसँगको छलफलमा निजी शिक्षण संस्थाका छाता सङ्घ–सङ्गठनका प्रतिनिधिहरूले भर्ना प्रक्रिया सुरु गर्ने बताएका हुन् ।

“कोरोनाको प्रकोप न्यून नभएसम्म र सरकारले पठनपाठन सुरु गर्न निर्देशन नदिँदासम्म विद्यार्थी बोलाउन सक्ने अवस्था छैन,” छलफलमा सहभागी प्याब्सन वरिष्ठ उपाध्यक्ष डीके ढुङ्गानाले भने, “असार १ बाट विद्यार्थी भर्नाका विषयमा सहजीकरण गर्नुपर्ने माग राखेका छौं ।”

उच्चस्तरीय समन्वय समितिले लकडाउनका मोडालिटी परिवर्तन गर्दै शिक्षा क्षेत्रलाई पनि खुकुलो तुल्याउन के विकल्प हुन सक्छ भनेर शिक्षा क्षेत्रका सरोकारवालासँग राय–सुझाव मागेको ढुङ्गानाले बताए ।

समितिले लिखितै सुझाव मागेकाले आज प्याब्सन, एनप्याब्सन र हिसानले लिखित सुझाव पेस गर्ने जानकारी दिए ।

ढुङ्गानाले सरकारले तत्कालै अनलाइन कक्षा सुरु गर्न ताकेता गरेको बताउँदै त्यसको कार्यविधि पनि स्पष्ट पार्न आग्रह गरेको जानकारी दिए ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ७ : २९ बजे

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो