कोरोना रोकथाम गर्न परम्परागत पद्दति पनि अपनाउनुपर्छ - मन्त्री ढकाल | Khabarhub Khabarhub

कोरोना रोकथाम गर्न परम्परागत पद्दति पनि अपनाउनुपर्छ – मन्त्री ढकाल


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै नेपालमै परम्परागतरुपमा अभ्यास गरिंदै आएको वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइने बताएका छन् ।

आज मन्त्रालयमा सोवा रिग्पा एशोसिएशन नेपालका तर्फबाट कोरोना उपचार कोषमा जम्मा गर्न प्रदान गरिएको रु तीन लाख रकम ग्रहण गर्दै मन्त्री ढकालले सरकारले कोभिड­१९ लगायत अन्य भाइरस लाग्न नदिन पूर्व रोकथामका रुपमा आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरिएको बताए ।

उनले कोभिड­१९ बाट बच्न नागरिकस्तरबाट सरकारलाई ठूलो सहयोग प्राप्त भएको बताउँदै यसले यस रोगविरुद्धको लडाइँमा जुध्न सहयोग पुगेको बताए ।

एशोसिएशनका अध्यक्ष आम्ची डा तेन्जिङ धार्के गुरुङले यस रोगको रोकथाम र नियन्त्रणका लागि भविष्यमा आवश्यक औषधि हस्तान्तरण र स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : २१ बजे

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ

भारतीय चुनाव : मोदी सरकारका ८ मन्त्रीको परीक्षा

भारतमा मतदानका लागि लामवद्ध मतदाता । तस्बिर स्रोत : आजतक

गण्डकीको प्रदेशसभा बैठक बस्दै

गण्डकी– गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

घरबास सञ्चालनबाट आत्मनिर्भर नवलपुरका महिला

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१० निवासी बालकुमारी महतोलाई अहिले