चट्याङबाट दाङमा आगलागी, २ घर जले | Khabarhub Khabarhub

चट्याङबाट दाङमा आगलागी, २ घर जले


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् । घर जले पनि मानवीय क्षति भने भएको छैन ।

जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार, घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको हो ।

चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

आगलागीपछि घरभित्र रहेका सबै बाहिर निस्किएकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब चार लाख रुपैयाँबराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ । अहिले पीडित केसीको परिवार स्थानीयवासीका घरमा बसिरहेको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–८, अस्वाराका मोहन विकको घर भत्किएको छ । हावाहुरीसँगै परेको वर्षाले घर भत्किएको हो ।

घर भत्किँदा घरभित्रका खाद्यान्नलगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ५८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको