सर्वसाधारणलाई धम्क्याएको आरोपपछि बेलायती मन्त्री बर्न्सद्वारा राजीनामा | Khabarhub Khabarhub

सर्वसाधारणलाई धम्क्याएको आरोपपछि बेलायती मन्त्री बर्न्सद्वारा राजीनामा


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वसाधारणलाई धम्क्याएको आरोपपछि बेलायतका व्यापार मन्त्री कोनर बर्न्सले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री बर्न्समाथि उनका पिता संलग्न कारोबारको विषयमा सर्वसाधारणलाई धम्क्याएको आरोप लागेको थियो ।

उक्त आरोपलगत्तै छानविन गरेको वेलायतको संसदीय टोलीले बर्न्सले पदको दुरुपयोग गरेको ठहर गरेको थियो ।

समितिले गरेको छानविनका क्रममा मन्त्री बर्न्सले गत फेब्रुअरीमा उनको पितासित ऋण तिर्नेबारे विवाद गरेका एक सर्वसाधारणलाई सांसदको लेटरप्याड प्रयोग गर्दै पत्र लेखेरै धम्क्याएको पाइएको थियो ।

उनलाई सांसद् पदबाटै निलम्बन गर्न सिफारिस गरिएपछि वेलायतको प्रधानमन्त्री कार्यालयले रिक्त पदका लागि नयाँ मन्त्री नियुक्ती गर्ने जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ११ : २८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द