लकडाउन खुकुलो भएपछि इटालीमा जनजीवन सहज बन्दै, ४० लाख मानिस काममा फर्किए | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएपछि इटालीमा जनजीवन सहज बन्दै, ४० लाख मानिस काममा फर्किए


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले थलिएको इटालीमा संक्रमण कम हुँदै गएपछि सोमबारदेखि लकडाउन खुकुलो बनाइएको छ ।

लकडाउन खुकुलो बनाइएसँगै त्यहाँको जनजीवन सहज बन्दै गएको छ । उद्योग तथा निर्माण क्षेत्रको काम सुरु भएका छन् ।

झण्डै २ महिना लकडाउन हुँदा घरभित्रै बसेका मानिसहरु धमाधम आफ्नो काममा फर्कन थालेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ४० लाख हाराहारी मानिस काममा फर्किएका छन् ।

मानिसहरूलाई आफ्नो क्षेत्रमा दूरी कामय गरेर आवतजावत गर्न, पार्कमा डुल्न तथा मास्क लगाएर आफन्तहरूसँग भेटघाट गर्न दिइएको छ।

मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको इटालीमा मे ४ देखि खुकुलो बनाइएको हो । इटालीमा कोरोना भाइरसको संक्रमणबाट २९ हजारभन्दा बढीको मृत्यु भएको छ भने २ लाख ११ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ०६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका