नेपाल प्रहरीमा ७ जना डीआईजीको दरबन्दी कटौती, अब जनपदतर्फ १९ जना मात्रै रहने | Khabarhub Khabarhub

नेपाल प्रहरीमा ७ जना डीआईजीको दरबन्दी कटौती, अब जनपदतर्फ १९ जना मात्रै रहने


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा अब जनपदतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी १९ मा सीमित पारिने भएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीमा यसअघि कायम रहेको जनपद तर्फका डीआईजीको दरबन्दी २६ बाट घटाएर १९ मा सीमित पारेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार शनिबार बसेको मन्त्रिपरिषद बैठकमा नेपाल प्रहरीमा हाल कायम रहेका डीआईजीको दरबन्दी घटाउने प्रस्ताव पेश भइसकेको छ । मन्त्रिपरिषद बैठकले समेत उक्त प्रस्ताव स्वीकृत गरिसकेको गृह मन्त्रालय स्रोतले खबरहबलाई जानकारी दियो ।

‘औपचारिक रुपमा पत्र आउन बाँकी छ । तर, डीआईजीको दरबन्दी घटाउने प्रस्ताव भने स्वीकृत भइसकेको छ,’ गृह मन्त्रालय स्रोतले खबरहबसँग भन्यो ।

नेपाल प्रहरीमा हाल जनपदतर्फ २६ तथा प्राविधिकतर्फ ८ गरी ३४ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी छ । हाललाई जनपद तर्फका डीआईजीको दरबन्दी घटाएर १९ मा सीमित पारिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरीमा समग्र डीआईजीको दरबन्दी २४ मा सीमित पार्ने तयारी छ । गृहसचिव महेश्वर न्यौपानेले यसअघि नै प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई १० जना डीआईजीको दरबन्दी कटौती गर्ने जनाएका थिए ।

गृह मन्त्रालय

गृहसचिव न्यौपानेले त्यतिबेला जनपदतर्फका ८ तथा प्राविधिक तर्फका २ जना गरी १० जना डीआईजीको दरबन्दी कटौती गर्ने गरी प्रस्ताव ल्याउन आईजी ज्ञवालीलाई निर्देशन दिएका थिए । तर, ज्ञवालीले भने गृहसचिव न्यौपानेलेको निर्देशनमा असहमति जनाएका थिए ।

प्रहरीको समायोजन प्रक्रिया र संगठन तथा व्यवस्थापन सर्वेक्षण बन्ने क्रममा नै रहेको उल्लेख गर्दै आईजी ज्ञवालीले अहिलकै अवस्थामा डीआईजीको दरबन्दी कटौती गर्न नहुने मत राख्दै आएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नै डीआईजीको दरबन्दी कटौती गर्न निर्देशन दिएपछि गृहले डीआईजीको दरबन्दी कटौटीका लागि प्रस्ताव तयार पारेको हो ।

‘प्रधानमन्त्रीज्यूले नै निर्देशन दिएपछि मन्त्रीज्यू (गृहमन्त्री रामबहादुर थापा) समेतको सहमतिमा डीआईजीको दरबन्दी कटौती गर्ने प्रस्ताव तयार भएको हो,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘सोही अनुसार हिजो (शनिबार)को क्याबिनेटमा दरबन्दी कटौतीको प्रस्ताव पेश पनि भएको हो ।’

गृह मन्त्रालय स्रोतका अनुसार प्राविधिक तर्फका डीआईजीको दरबन्दी पनि ५ मा सीमित पार्ने तयारी भइरहेको छ । यद्यपि, त्यस विषयमा अहिले नै निर्णय भने भइनसकेको उनी बताउँछन् । ‘समग्रमा डीआईजीको दरबन्दी २४ मा सीमित पार्ने भएपछि प्राविधिक तर्फ पनि ३ जनाको दरबन्दी कटौती गर्नुपर्ने देखिन्छ,’ गृह मन्त्रालयका अधिकारी भन्छन्, ‘प्राविधितर्फको दबरन्दी कटौती गर्ने विषयमा अहिले नै निर्णय भने भइसकेको छैन ।’

हाल प्रहरीमा प्राविधिक तर्फ ८ जना डीआईजीको दरबन्दी छ । ३ जनाको दरबन्दी कटौती गरिए प्राविधिक डीआईजीको संख्या ५ मा सीमित रहने छ ।

१५ जना एसएसपी डीआईजीमा बढुवा हुँदै

गृह मन्त्रालयले डीआईजीको दरबन्दी कटौती गरी १९ मा सीमित पार्ने भएसँगै अब बढुवा प्रक्रिया पनि अगाडि बढाइने भएको छ ।

गत माघ २८ मा ३० वर्षे सेवा अवधिका कारण ठूलो संख्यामा डीआईजीहरुले अवकास पाएका थिए । यस्तै, ३ जना डीआईजीहरु तारणि लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि अहिले २२ जना डीआईजीको दरबन्दी खाली छ ।

७ वटा प्रदेशमध्ये प्रदेश नम्बर २ बाहेक अन्य सबै प्रदेशमा प्रहरीको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को भरमा छ । प्रहरीका महत्वपूर्ण मानिएका विभागहरु समेत निमित्तको भरमा सञ्चालित छन् ।

हाल प्रहरी प्रधान कार्यालयमा सूर्य उपाध्याय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा निरज बहादुर शाही, प्रदेश नम्बर २ को प्रहरी कार्यालयमा प्रद्युम्न कुमार कार्की र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा विश्वराज पोखरेल गरी ४ जना मात्रै डीआईजी छन् ।

गृह मन्त्रालयले बाँकी १५ जना डीआईजीको बढुवा प्रक्रिया शुरु भइसकेको जनाएको छ । अबको बढुवापछि प्रधान कार्यालयअन्तर्गत १२ र प्रदेश प्रहरी प्रमुख ७ वटा रहने गरी १९ जना डीआईजीको दरबन्दी कायम रहने छ ।

रिक्त डीआईजीका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, दिलीप चौधरी, राजेश कुमार लाल कर्ण, देब बहादुर बोहोरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, दिवेश लोहनी, सौरभ राणा (निलम्बन फुकुवा नभएका), राम कृपाल शाह, उमेश रन्जितकार र रबिन्द्र बहादुर धानुक प्रतिस्पर्धामा छन् ।

यस्तै, सहकुल थापा, अरुणकुमार बिसी, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला लगायत पनि बढुवाको दौडमा छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १ : ५६ बजे

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ