कोरोना भाइरसले अझ धेरैको मृत्यु हुन्छ : ट्रम्प | Khabarhub Khabarhub

कोरोना भाइरसले अझ धेरैको मृत्यु हुन्छ : ट्रम्प


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट आगामी साताभित्र मृत्यु हुने मानिसको संख्या धेरै हुने बताएका छन् ।

कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङमा बोल्दै ट्रम्पले अमेरिकामा कोरोना भाइरसबिरुद्धको लडाईँमा सम्भवत यही हप्ता वा आगामी हप्ता सबैभन्दा गाह्रो हुने बताएका हुन् ।

आगामी सातासम्मको अवस्थालाई गम्भीर रुपमा चित्रत गरेका  ट्रम्पले केही महत्वपूर्ण काम गर्न सकिए मृत्युदर कम हुन सक्ने समेत अपेक्षा गरेका छन् ।

‘सायद यस साता र अर्को साताबीच सबैभन्दा कठिन समय हुनेछ । दुर्भाग्यवस धेरैको मृत्यु पनि हुनेछ,’ ट्रम्पले भने, ‘ सावधानी अपनाइए केही कम मृत्यु हुन सक्छ, तर मृत्यु निश्चित छ ।’

अमेरिकामा शनिबार अवेर रातिसम्म ८ हजार ४५२ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी मानिस कोरोना भाइरसले संक्रमित भएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : ४२ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा