कोरोना कहरः अभिनेता शाहरुख खानले क्वारेन्टाइनका लागि दिने भए अफिस | Khabarhub Khabarhub

कोरोना कहरः अभिनेता शाहरुख खानले क्वारेन्टाइनका लागि दिने भए अफिस


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय अभिनेता शाहरुख खानले भारतमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न आफ्नो अफिस क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले आफ्नो कार्यालयको चार तले भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका छन् ।

बालबालिका, महिला र वृद्धवृद्धाको रेखदेखको लागि शाहरुख खानले आफ्नो कार्यालयको चार तले भवन क्वारेन्टाइनका रुपमा प्रयो गर्न दिने जनाएका हुन् ।

बृह्नमुम्बई महानगरपालिकाले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट यो जानकारी दिएको भए पनि खान दम्पतीले भने आफ्नो कुनै पनि सामाजिक सञ्जालमा यसबारेमा केही लेखेका छैनन् ।

शाहरुख खानले यसअघि गएको बिहीबार आफ्नो कम्पनीको समूहसँग मिलेर सहयोगको हात बढाएका थिए । सरकारी कोषदेखि ५० हजार पीपीई किट, मुम्बईका पाँच हजार पाँच सय परिवारलाई खाद्य सामग्री, १० हजार जनालाई तीन लाख भोजन किट लगायत सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

भारतमा आइतबारसम्म ३ हजार ५८८ जना संक्रमित भएका छन् भने संख्या ८६ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । ३ हजार २७३ जना उपचाररत छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ८ : १४ बजे

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर