बलात्कारको कसूरमा सात वर्ष कैद | Khabarhub Khabarhub

बलात्कारको कसूरमा सात वर्ष कैद


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई सात वर्ष कैद सजायको फैसला भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले बिहिबार यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको हो ।

यादव चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । बलात्कार गरी भाग्न खोज्दा पीडितले ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले अघिल्लो बर्षको फागुन ११ गते यादवलाई प्रहरीमा बुझाएको थिए ।

पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७५ फागुन १२ गते उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : ४६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६