संसदीय समितिद्वारा हुलाकी सडक आयोजनालाई निर्देशन | Khabarhub Khabarhub

संसदीय समितिद्वारा हुलाकी सडक आयोजनालाई निर्देशन


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले हुलाकी सडकअन्तर्गत कैलाली खण्ड यथाशीघ्र निर्माण गर्न विभिन्न सरोकारवाला पक्षलाई निर्देशन दिएकी छिन् ।

सभापति खड्का सहितको टोलीले आज हुलाकी सडकको कैलाली खण्डको कैलारी गाउँपालिकाको वसन्ता क्षेत्र, भजनी नगरपालिकाको लालबोझी तटबन्ध, भजनी लालबोझीको ठेकीपुर पुल र सत्ती पुलको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो ।

सो अवसरमा संसदीय समितिका सभापति खड्काले वसन्ता क्षेत्रको दुई किलोमिटरमा रहेका रूख काट्न पहल थाल्न वन कर्मचारीलाई निर्देशन दिइन् ।

उनले हुलाकी राजमार्गमा पर्ने कान्द्रा नदीमा निर्माणाधीन ठेकीपुर पुल चाँडै बनाउन निर्माण कम्पनीका ठेकेदारलाई निर्देशन दिइन् । संसदीय टोलीलाई वसन्ताको वन सबडिभिजन कार्यालयका फरेस्टर प्रेम विष्टले वसन्ताको दुई किलोमिटरमा पर्ने रूखको सङ्ख्याबारे प्रतिवेदन पठाउन केही दिनअघि वन मन्त्रालयले पत्र पठाएको जानकारी दिए ।

उनले हुलाकी सडक आयोजनाको सहयोगमा चाँडै रूखको लागत प्रतिवेदन पठाइने जानकारी दिए । उनका अनुसार सडकको मुख्य बिन्दुबाट दुवै किनारामा छ मिटरको परिधिमा काटिने रूखको सङ्ख्या विवरण मन्त्रालयले मागेको छ । संसदीय समितिका सभापति खड्का नेतृत्वको टोलीमा रहेका हुलाकी आयोजना धनगढीका इन्जिनीयर पदम मडैले एक–दुई दिनमै सडकको बिन्दु निक्र्यौल गरिने जानकारी दिए ।

त्यस्तै २०६८ सालमा टेन्डर भएर पनि अझैसम्म निर्माण हुन नसेकेको भजनी नगरपालिका–५ लालबोझी ठेकीपुरको पुल पनि चाँडै निर्माण गर्न सभापति खड्काको टोलीले निर्माण कार्यमा संलग्न पक्षलाई निर्देशन दियो ।

सो पुल निर्माणमा खटिएका इन्जिनीयर विकास कर्णले चालू आवको असार मसान्तमा सो पुलमा गाडी गुडाउने गरेर काम भइरहेको सभापति खड्कालाई जानकारी दिए ।

टोलीमा समितिका सदस्य आशाकुमारी विक, कैलाली क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य गौरीशङ्कर चौधरी, पूर्वसभासद मदनकुमारी शाह, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरी र उपप्रमुख छाया देवकोटा, समितिका सचिव ओम कार्की, कर्मचारी र विज्ञको सहभागिता थियो ।

कैलाली खण्डको हुलाकी सडक निर्माण कार्य धेरै सकिएको भए पनि विभिन्न कारणले धनगढी क्षेत्र, वसन्ता क्षेत्र र भजनी लालबोझीका सडक तथा पुल निर्माण कार्य पूरा हुन नसकेको अनुगमनका क्रममा पाइएको सभापति खड्काले प्रतिक्रिया दिए ।

सो सडक बनेमा पूर्वपश्चिम राजमार्गको तुलनामा टीकापुर, भजनीका साथै नेपालगञ्ज पुग्नसमेत छोटो दूरी रहनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ३ : ४१ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५