कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : ईपीएल लगायतका सबै खेलकुद प्रतियोगिता रोक्ने तयारी



काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने तयारी गरेको छ ।

सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने तयारी गरेको हो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल राजधानी बाहिर रहेका कारण यसबारे निर्णय गर्न केही ढिलाई भएको उपाध्यक्ष पिताम्बर तिम्सिनाले खबरहबलाई जानकारी दिए ।

संसारभर आतंक मच्चाइरहेको कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।

‘सरकारले नै आग्रह गरिसकेपछि हामी पनि त्यसलाई अनुसरण गर्छौं । अहिले हामीले तत्काल भइरहेका र हुने तय भएका खेलकुद गतिविधि तत्कालका लागि रोक्न संघहरुलाई परिपत्र गर्ने तयारी भएको छ,’ उनले भने,‘आज भोलिमै त्यो निर्णय सार्वजनिक हुन्छ । हामीले आन्तरिक रुपमा परिपत्र चाँही गरिसकेका छौं ।’

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् ।

राखेपको पत्रचार अनुसार अब चैत १ देखि हुने भनिएको एभरेष्ट प्रिमिय लिग (ईपीएल) समेत रोकिने उपाध्यक्ष तिम्सिनाले बताएका छन् ।

तर, आहारारा गोल्डकप भने बिहीबार मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १ : १४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को