महिलाले कसरी प्रयोग गर्ने कण्डम (तरिकासहित) | Khabarhub Khabarhub

महिलाले कसरी प्रयोग गर्ने कण्डम (तरिकासहित)


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्यतया स्त्री कण्डमलाई सुखभोग गर्नुभन्दा केहि समय अगाडि लगाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

किनकी महिलाले लगाउने कण्डमबाट तल्काल सुखभोग गर्न मिल्दैन । कण्डममा भएका दुई वटा रिङ्गहरुमध्ये खुम्चिने पट्टिको रिङ्गलाई योनी भित्र घुसाउनु पर्दछ ।

अर्को कुरा मिति र प्याकेटमा हावा भए नभएको राम्ररी हेर्नु पर्दछ । म्याद गुज्रिएको भए प्रयोग गर्नु हुँदैन ।

यसले विभिन्न संक्रमण निम्त्याउन सक्छ । सुखभोगपछि तुरुन्त झिकेको कण्डमको उचित व्यवस्थापन गर्न जरुरी छ ।

याद गर्नुपर्ने कुरा के छ भने, पुरुष कण्डम जस्तै स्त्री कण्डमसमेत दुई पटक प्रयोग गर्न मिल्दैन ।

सकभर कण्डम किन्दा उच्च गुणस्तरको छान्नुपर्दछ । महिला कण्डम एक किसिमको बलियो रबरले नै बनेको हुन्छ ।

पुरुष कण्डम भन्दा बनाउन समय र मेहनत लाग्ने हुँदा केही महङ्गो पनि हुन्छ । महङ्गो र झन्झटको रुपमा नसम्झेर सुरक्षित उपायका रुपमा यसको प्रयोग गर्न सके नचाहाँदा/नचाँहादै बच्चा जन्मने खतरा कम हुन्छ ।

पछिल्लो समय पुरुष कण्डम प्रयोगले महिला पुरुषबीच यौन सन्तुष्टिको विषयलाई लिएर तिक्तता उत्पन्न भएको गुनासाहरु आइरहँदा महिला कण्डम उपयुक्त हुन सक्ने तथ्यलाई नकार्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : १० बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा