बानेश्वरमा मृत भेटिएका नेकपा नेता गिरीको निस्पक्ष छानविनको माग | Khabarhub Khabarhub

बानेश्वरमा मृत भेटिएका नेकपा नेता गिरीको निस्पक्ष छानविनको माग


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बानेश्वरमा मृत अवस्थामा भेटिएकानेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिदेव गिरीको हत्या भएको भन्दै उनका पिताले निस्पक्ष छानविनको माग गरेका छन् ।

मृतक गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरी छोराको हत्या भएको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

उनले महानगरीय प्रहरी वृत्त बानेश्वरमा ज्यान मुद्धासम्बन्धी जाहेरी दिइ घटनाको निष्पक्ष छानविन गरी हत्यामा संलग्नलाई कारबाही गर्न माग समेत गरेका छन् ।

महानगरीय प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घटनाको अनुसन्धान शुरु गरेको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन रुपमा भन्न सकिने बताएका छन् ।

नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष समेत रहेका गिरी मंगलबार राति काठमाण्डौको बानेश्वर, आलोकनगरमा रहेको डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अवस्थामा भेटिएका थिए ।

उनी नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका थिए ।

५१ वर्षीय गिरीको शरीरका विभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट लागेको अवस्थामा अवस्थामा मृत भेटिएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ०८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न